नेभिगेशन
सिमकोट
जिल्ला प्रशासन कार्यालय हुम्ला

घरमा आगालागी हुँदा काँग्रेस नेता रोकायाको १ करोड बढी क्षती

हुम्ला । सदरमुकाम सिमकोटमा एक घर आगलागि भएको छ । मंगलबार सिमकोट गाउँपालिका वडा नम्बर ५ का नेपाली काग्रेसका जिल्ला उपसभापती बसन्त रोकायाको तीन तले एक घर आगलागि भएको हो । मंगलबार बिहान ९:४५ बजे भएको आगलागिले रोकायाको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ठ भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, बालमन्दिर माविका विद्यार्थी र स्थानीयको ठुलो प्रयासमा करीव दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएको थियो । खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले घरको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो ।

आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको छातिमा चोट लागेको छ भने एक जना नेपाल प्रहरीका जवान भर्याडबाट खस्दा सामान्य चोट लाग्नुका साथै प्रहरी जवानको जिल्ला अस्पतालमा प्रथामिक उपचारपछि आजै डिसचार्ज गरिएको छ ।

सो आगलागिबाट १ करोड १४ लाख ७ हजार रुपियाँ धनमालको क्षेती भएको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो । उहाँका अनुसार ४ लाख नगद सहित अन्य जिन्सी, तथा भौतिक सामग्रि पुर्ण रुपमा जलेर नष्ठ भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु