नेभिगेशन
सिमकोट
जिल्ला प्रशासन कार्यालय हुम्ला

घरमा आगालागी हुँदा काँग्रेस नेता रोकायाको १ करोड बढी क्षती

हुम्ला । सदरमुकाम सिमकोटमा एक घर आगलागि भएको छ । मंगलबार सिमकोट गाउँपालिका वडा नम्बर ५ का नेपाली काग्रेसका जिल्ला उपसभापती बसन्त रोकायाको तीन तले एक घर आगलागि भएको हो । मंगलबार बिहान ९:४५ बजे भएको आगलागिले रोकायाको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ठ भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, बालमन्दिर माविका विद्यार्थी र स्थानीयको ठुलो प्रयासमा करीव दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएको थियो । खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले घरको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो ।

आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको छातिमा चोट लागेको छ भने एक जना नेपाल प्रहरीका जवान भर्याडबाट खस्दा सामान्य चोट लाग्नुका साथै प्रहरी जवानको जिल्ला अस्पतालमा प्रथामिक उपचारपछि आजै डिसचार्ज गरिएको छ ।

सो आगलागिबाट १ करोड १४ लाख ७ हजार रुपियाँ धनमालको क्षेती भएको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो । उहाँका अनुसार ४ लाख नगद सहित अन्य जिन्सी, तथा भौतिक सामग्रि पुर्ण रुपमा जलेर नष्ठ भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...