नेभिगेशन
सर्केघार्ड
सर्केगाड गाउँपालिका

हुम्लाको सर्केगाड बजार व्यापारिक मार्ग बन्दै 

हुम्ला । राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै सर्केगाड बजार व्यापारिक मार्ग बन्दै गएको छ । सर्केगाड गाउँपालिकाको नयाँ नयाँ स्थानमा बजार विस्तार हुनेक्रम बढेसँगै सर्केगाड बजार व्यापारिक केन्द्र बन्दै गएको हो ।

हाल चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिकाको बिच भागमा पर्ने सलिसल्लामा बेलिब्रिजको काम सम्पन्न भएको छ । कर्णाली करिडोर अन्तर्गत यातायात सुचारु पनि भइरहेका छन् । गतवर्ष यता हुम्लाकै व्यापारिक मार्गका रुपमा विकास हुँदै गएको स्थानिय व्यापारीहरुले बताउँदै आएका छन ।

सर्केगाड बजारमा यतिबेला गाडीमोटर मात्रै नभई सबै किसिमका उपभोग्य सामानहरु गाउँ गाउँका बजारमा पुगेका छन । धमाधम विकास निर्माण भइरहेको सर्केगाडमा बजारीकरणको हब बन्दै गएको देख्न सकिने भएको छ ।

पहिले माटोले छोपेका घरहरु बनाइएका थिए भने अहिले जस्तापाता र सिमेन्टका घरहरु पनि बिस्तारै बनिरहेका छन । यस्तो विकासले सर्केगाडको मुहार फेरिदै गएको छ । सिमित व्यापारीमात्रै बसोबास गर्दै आएको सर्केगाडमा हाल बहुसंख्यक व्यापारीहरु ब्यापार गर्दै आएका छन । त्यस्तै स्थानिय उत्पादन सहरसम्म र सहरको सुविधा गाउँगाउँसम्म पुगेको महसुस सर्केगाडका जनताले गर्न पाइरहेका छन ।
सर्केगाडको नयाँ बजारमा हुम्ला, बाजुरा, मुगु लगायतका जिल्लाका व्यापारीले व्यवसाय गर्दै आएका छन् । हाल सर्केगाड खोला पारी गाउँपलिका केन्द्र भएसँगै नयाँ बजार विस्तार भएको छ । पहिले सुनसान रहेको क्षेत्रमा अहिले बजार गाउँपलिकाको कार्यालय स्थापना भएपछि व्यवस्थापन भएको स्थानीयको भनाइ रहेको छ ।

सर्केगाडमा यतिबेला करिब पाँच सय व्यापारिक पसलहरु रहेका छन । सर्केगाड बजारकै कारण स्थानीयले घर अगाडिकै बजारमा सबै किसिमका सामानहरु पाइरहेको स्थानिय झपेन्द्र साउदले बताउनु भएको छ । केही नियमन र नियन्त्रण गर्नुपर्ने भएतापनि सुविधा आगनमै पुगेको महसुस आफूहरुलाई भएको बताउनु भएको छ । अहिलेको रफ्तारमा सर्केगाड बजारीकर हुदै गए सुपथ मुल्यमा सबै किसिमका सामग्रीहरु किन्न पाइएला भन्ने आशा समेत पलाएको तबाउनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...