नेभिगेशन
सर्केघार्ड

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष उपनिर्वाचनमा ६६ प्रतिशत मतदान भएको छ । 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए । उनका अनुसार गाउँपालिका भरी जम्मा १३ वटा मतदान केन्द्र गरी ६ हजार ८ सय १० मतदाता मध्ये ४ हजार ५ सय २४ मतदाताको मत नखेसेको बताए । 

सर्केगाड गाउँपालिका वडा नम्बर १ मा ३ वटा मतदान केन्द्र रहेका छन् जसमा सरस्वती माबी जैरको क र ख मतदान केन्द्रमा १ हजार ९१ मतदाता रहेकोमा जम्मा ५ सय ९७ मत मात्र खसेको छ जसमा ४ सय ९४ मतदाता मत हाल्न नआएको बताउनु भएको छ । वडा नम्बर १ कै तुम्चमा रहेको देबल आधारभुत विद्यालय मतदान केन्द्रमा रहेका २ सय ३५ मतदाता मध्ये १ सय ७२ मत मात्रै खेसेको छ र ६३ मत खसेको छैन ।

वडा नम्बर २ को लालीगुराँस माध्यमिक विद्यालय लिम्ने मतदान केन्द्रमा रहेका ७ सय ७५ जना मतदाता मध्ये ५ सय १५ मात्रै मत खसेको छ उक्त केन्द्रमा २ सय ६० मत नखसेको हो । सोही वडा कै देबकोटा आधारभुत विद्यालय केन्द्रमा रहेका ६ सय ९१ मतदाता मध्ये ४ सय ४८ मात्रै मत खसेको छ भने २ सय ४३ मत खस्न सकेको छैन ।

सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको वडा नम्बर ४ को हिमज्याती माध्यामिक विद्यालय केन्द्रमा ७ सय ९४ मतदाता मध्ये ५ सय ३७ मात्रै मत खसेको छ भने २ सय ५७ नखेको छैन ।यस्तै वडा नम्बर ५ को धुमचुली आधारभुत विद्यालय मतदान स्थलमा २ सय ९ मतदाता मध्ये जम्मा १ सय ४२ मात्र खसेको छ भने ६७ मत नखसेको हो । सोही वडाकै भवानी आधारभुत विद्यालय गोठी मतदान स्थलमा भएका ४ सय ६४ जना मतदाता मध्ये २ सय ८४ मत मात्रै खसेको छ भने १ सय ८० मत नखसेको बताए । 

वडा नम्बर ६ मा रहेको इस्वर आधारभुत विद्यालय केन्द्रमा ३ सय २० मतदाता मध्ये २ सय ५० मत मात्रै खसेको छ । त्यहाँ पनि ७० मत खसेको छैन सोही वडाकै स्वयम्भु आधारभुत विद्यालय मतदान स्थलमा रहेका ५ सय ५ मतदाता मध्ये ३ सय ५२ ले मात्र मत खसलेका छन् भने १ सय ५३ मतदाताले मत खसाएका छैनन् ।

अर्का नेकपा एमालेबाट उम्मेदवार जाना शाही रहेको मतदानकेन्द्रमा ९ सय १४ मतदाता रहेका छन् उक्त मतदान केन्द्रमा जम्मा ६ सय ५१ मत मात्रै खसेको छ भने बाँकी २ सय ६३ मत नखेको हो । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका सबिता बुढा र नेकपा माओबादी केन्द्रबाट उम्मेदवार रहेकी देबकी तिमल्सीना भएको अंशुबर्मा आधारभुत विद्यालय मतदानकेन्द्रमा जम्मा ५ सय २८ मतदाता रहेकोमा जम्मा ३ सय ७२ मत खसेको छ भने त्यहाँ पनि १ सय ५६ मत नखसेको हो ।

सोही वडाकै निलकण्ठ प्राथमीक विद्यालय आधारभुत विद्यालय मतदान केन्द्रमा रहेको २ सय ८४ मतदाता मध्ये २ सय ४ मत खसेको हो भन ८० मत नखसेको जानकारी दिए । जसमा महिला २ हजार १ सय ९५ रहेका छन् भने २ हजार ३ सय २८ जना पुरुषको रहेको छ गाउँपालिकाभरी जम्मा २ हजार २ सय ६६ मत नखसेको हो । समग्रहमा सर्केगाड गाउँपालिकामा ६८ प्रतिशत मत खसेको र सबै ठाउँमा शान्तीपुर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...