नेभिगेशन
सर्केघार्ड

अध्यक्षले हातपात गरेको आरोप: अध्यक्ष रोकाया भन्नु हुन्छ हातपात गरेको होइन् सम्झाएर पठाएका हौं 

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले आफु माथि हातपात गरेको सोही गाउँपालिका वडा नम्बर आठका हरि ऐडीले आरोप लगाएका छन् । आइतबार कार्यालय समयमा विरामी बोक्ने एम्बुलेन्स सहयोग माग्दा कनि सहयोग नगरेको भन्दै गुनासो पोख्न पुग्दा गाउँपालिका अध्यक्ष रोकायाले आफुलाई मोबाइल छोडेको ऐडीले बताउनुभयो । केही समय अगाडि सर्केगाड गाउपालिका नजिकै गाडि दुर्घटनामा परि आफ्ना आफन्तहरू घाइते भएर जिल्ला बाहिर पठाएको तर उपचार सफल भएपछि घर ल्याउनका लागि बाजुरा जिल्लाको कोल्टिदेखी गाउँसम्म ल्याउनका लागि आग्रह गरेको ऐडीले बताउनुभयो । 

   केही दिन अघि आफ्नो बच्चा विरामी भएको समयमा विरामी बोक्ने एम्बलेन्स किन सहयोग नगरेको भनेर जिज्ञासा राख्न खोज्दा अध्यक्ष रोकाया आफु माथि आक्रोशित भएर हातपात गरेको ऐडीको गुनासो छ । आफुले गाउँपालिका अध्यक्ष रोकायालाई एम्बुलेन्स चालक नभएपनि किन अर्को चालक खोजर जनताको सेवा गर्नु हुन्न भनेर पश्न गर्दा अपाच्य मानेर जाइलागेको उहाँले बताउनुभयो । सर्केगाडका जनप्रतिनिधिले आफु खुसी चडेर सुर्खेत, नेपालगञ्ज लिन हुने नागरीक विरामी हुँदा किन उद्धार गर्न नमिल्ने भनेर सोध्दा अध्यक्ष रोकायाले मोबाइल छोडेर आफुलाई नलगाएको उहाँले बताउनुभयो । अध्यक्षका एक जना स्वकीय र खाना पकाउने दुई जना लगाएर आफुलाई कुटपिट गरेको ऐडीले बताउनुभयो । 

    उता सर्केगाड गाउँपालिका अध्यक्ष रोकायाका भने, तीन, चार दिन अगाडी एम्बुलेन्स मागेको रहेको छ । आफु आमाको कामले गाउँमा गएको बेला प्रमुख प्रशासकीय र अरु कर्मचारीलाई फोन गरेर एम्बुलेन्सको सहयोग मागेको भन्ने थाहा पाए । तर एम्बुलेन्स चालकले जागिर छोडर चलाउने कोही नभएकाले दिन नसकिएको अध्यक्ष रोकाया बताउनुहुन्छ । कार्यपालिका बैठक बसेर एम्बुलेन्स चालक नयाँ नियुक्ती गर्ने कुरा भइरहेको समयमा ऐडीले सहयोग माग्नु आएको अध्यक्ष रोकायाले बताउनुभयो । ऐडीले मदिरा सेवन गरेर आफ्नो कार्यकक्षमा आएर तथानाम अपशब्द बोली गाली गलोज गर्न थालेपछि यहाँका कर्मचारीले सम्झाएर बाहिर पठाएको बताउनुन्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...