नेभिगेशन
सर्केघार्ड
सडक बिभाग

सरिसल्ला बेलिब्रिजको मन्त्री ज्वालाद्वारा उद्घाटन

सर्केगाड । हुम्लाको सरिसल्ला बेलिब्रिज उद्धघाटन गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले रिबन काट्दै बेलिब्रिज उद्धघाटन गर्नु भएको हो ।

पुल उद्घाटनकालागि प्रदेश राजधानी सुर्खेतबाट हेलिकप्टरमा उद्धघाटन गर्न मन्त्री सहितको टोलि सरिसल्ला पुगेको थियो । मन्त्रीसगै उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा संघीय सांसद छिरिङ डम्डुल लामा कार्चेन, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जिवन बहादुर शाही, प्रदेश मुख्यसचिव, सचिव, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया , चंखेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा वडा अध्यक्ष, सडक विभागका कर्मचारी र हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख सडक विभागका कर्मचारीको सहभागिता थियो ।

उद्धघाटन पश्चात टोली बाजुराको कोल्टीमा रहेको हिल्सा सिमकोट सडकखण्ड अन्तर्गतको खुलालु सलिसल्ला सडक आयोजनाको केन्द्रीय कार्यालय उद्धघाटनका लागि पुगेका थिए । त्यस्तै हेलिकप्टरबाटै समग्र रुपमा कर्णाली करिडोरको निरिक्षण समेत गरिएको छ ।

यसअघि नै सरिसल्लामा बेलिब्रिज तयार भइसकेको थियो  भने गाडि पनि चल्न थालिसकेका थिए । आजदेखि सर्केगाड गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको  छ । सो बेलिब्रिज सर्केगाड र चंखेली गाउँपालिकाकोक सिमानामा रहेको कर्णाली माथी रहेको छ । बेलिब्रिजको काम सम्पन्न भएसँगै दुई पालिका यातायातमा जोडिएका हुन ।

उक्त पुलको लम्बाई ४८ मिटर रहेको छ । सर्केगाडसम्मै गाडि पुग्दा स्थानिय नागरिक पैदलमार्गबाट  मोटरमार्गमा जोडिएका छन् । यसले आउजाउ र व्यापार व्यवसायलाई बढाउँदै गएकोछ । पुल निर्माण सम्पन्न भई उद्घाटन भएपछी स्थानीयको जनजीवन सहज हुने अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...