नेभिगेशन
सिमकोट
सिमकोट विमान स्थल

जहाजले उडान नभर्दा ५ दिन यता सुनसान बन्यो बिमान स्थल

हुम्ला । मौसममा आएको खराबीका कारण ६ दिन देखी हवाई जहाजले उडान जिल्लामा उडान भर्न नसक्दा सिमकोट बिमान स्थल सुनसान बनेको छ । बिहान सुर्खेत नेपालगंञ्जको मौसम नखुल्नु र दिउसो सिमकोटमा हावा बढ्न थालेपछि जिल्लामा हवाई जहाजले उडान भर्न नसक्दा बिमान स्थल सुनसान बन्दै गएको हो ।

हाल सम्मपनि राष्ट्रिय सडक संञ्जालले छुन नसकेको एक मात्र सदरमुकाम सिमकोटमा यातायातको एक मात्र हवाई जहाज भएपछि जिल्लाका यात्रु मारमा पदै आएका छन । जिल्लामा केही दिन अगाडी सम्म थोरै मात्रमा भएपनि उडान भर्दै आएका बेला मौसममा आएको खराबीका कारण हवाई उडान भर्न नसक्दा समस्या भएको छ ।

जिल्लाको तल्लो क्षेत्रमा सडक संञ्जालले छोएको भएपनि माथिल्लो क्षेत्रमा सडकले नछुनु र हवाई उडान नहुदा यात्रा गर्न बसेका यात्रु सिमकोट बिमान स्थल, सुर्र्खेत र नेपालगञ्जमा अलपत्र परेका छन । जिल्लामा आउने यात्रु नेपालगञ्ज र सुर्खेतमा थन्किएका छन भने जिल्ला बाहिर जाने यात्रु सिमकोटमा थन्किनु परेको यात्रुले बताउने गरेका छन ।

यात्रुहरुका अनुसार अवाई जहाज कुर्दा होटलको बिल बढेको र समय खर्चिनु परेको छ । खराव मौसका कारण यात्रु मर्कामा पर्र्दै आएका बेला कतिपय यात्रु पदैल मार्ग हुदै जिल्ला बाहिर जान थालेका छन । जिल्लामा अवाई उडान नहुदा सर्केगाड सम्म सिमृक एअरको हेलिकप्टरमा र सर्केगाड देखी पैदल मार्ग हुदै दिनको २५ जना सम्म जाने गरेका छन ।

आज मात्र सोही पैदल मार्गबाट जिल्लाबाट ३० जना बाहिर गएको पाइएको छ । सहरी क्षेत्रमा महत्वपुर्ण कामकालागि जान लागेका यात्रुले जहाज नआउँदा पैदल मार्गको बटो धाउनु परेको छ । पैदल मार्गबाट जाँदा नागरीकको समय धेरै लाग्ने खर्चपनि बढ्ने गरेको छ । जिल्ला बाहिर हवाई जहाजमा जानु भन्दा पैदल मार्गबाट यात्रा गर्दा २ हजार रुपँैया धेरै तिर्नु परेको पैदल मार्ग हुदै यात्रा गर्ने यात्रुले बताउने गरेका छन ।

उडान नभएपछि बिरामीहरू समेत पैदल मार्ग हुँदै गाडीबाट नेपालगन्ज ,सुर्खेत झर्न गरेका छ । पाँचदिनदेखि कर्णालीका हुम्ला,मुगु,जुम्ला,डोल्पा, र सूदुरपशिचमको बाजुराको कोल्टी लगायतका क्षेत्र हवाई सेवा प्रभावित बनेका छन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...