नेभिगेशन
सिमकोट
बालमन्दिर माध्यामिक विद्यालय

शैक्षिक गुणस्तर बृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुम्ल । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयले शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । मंगलबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको रहेको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम), शिक्षक अभिभावक विद्यार्थीे लगायतको उपस्थित रहेको थिया

 प्रमुख अतिथि रहनुभएका सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले शैक्षिक उन्नतीका लागि शिक्षक अभिभावक विद्यार्थी लगायतका सरोकारवालाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । अबको शिक्षा प्रविधिक र व्यवहारिक शिक्षा हुनु पर्नेमा जोड दिए मात्रै शिक्षामा बालबालिकाको भविष्य उज्वल हुने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । विद्यालयमा गर्नु पर्ने आवश्श्यक सहयोग गर्न गाउँपालिका सधैं तयार रहेको गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया बामले बताउनुभयो । यस अघि भएका कमी कमजोरीलाई औँल्याउँदै सुधार तर्फ लैजानु पर्नेमा रोकायाले जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगाएतका सरोकारवालासंग प्रश्न उत्तर सहित व्यापक छलफल गरिएको थियो । 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने र सिकाई उपलब्धीमा बृदि गर्नमा विशेष जोड दिने प्रतिबद्ध जनाएका छन् । विद्यालयको समग्र विकासका लागि सबैले सहयोग गर्नु पर्ने विषयमा पनि छलफल भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...