नेभिगेशन
अर्थ

चैत महिनाको कामसँगै रायाका किसान गुच्ची च्याउ टिप्नमा ब्यस्त

  हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ राया लगायत यस क्षेत्रका किसानलाई चैत महिनाको कामको चटारो सँगै वनमा गुच्ची च्याउ टिप्नमा ब्यस्त देखिएका छन् । खेतबारीमा खनजोतको काम सकाएर गुच्ची च्याउ टिप्न जाने स्थानीयको लस्करनै देखिने गरेको छ । राया, थाली गाउँका लगायत अधिकांश किसानलाई खेतबारीको काम सकायर वनमा गएर गुच्ची च्याउ टिप्न भ्याई नभ्याई भएको छ । फागुन देखि जेठ महिनाको अन्तिम सम्म गच्ची ुच्याउ पाईने गर्दछ ।

गाउँ भन्दा टाढा रहेका वनमा च्याउ टिप्नका लागि यहाँका स्थानीवासी विहानै घरबाट निस्केर साँझ मात्रै फिर्ता हुने गर्दछन् । घरबाट बिहानै निस्केर दिउसोको नास्ताको लागि कोदो, फापरको रोटि, गहै,भटामास,मकै भुटेको खाजा र पानीको भाँडासहित बन्दोबस्ती मिलमएर जंगलमा गुच्ची च्याउ खेज्न जाने गरेको स्थानीय अनमोल बुढाले बताउनुभयो । 


गुच्ची च्याउ संकलन गरेर केही महिनाको लागि आफ्नो घर खर्च चल्दै आएको खार्पुनाथ गाँउपाली वडा नम्बर ३ रायाका  २६ वर्ष रमेश भण्डारीले बताउनुभयो । स्थानीय भण्डारीका अनुसार, आफू मात्र नभएर अधिकांश हुम्लाका किसानहरु यतिबेला गुच्ची च्याउ संकलनका लाथिग जंगल तिर जाने गरेका छन् । गुच्ची च्याउलाई राम्रो सँग संकलन गरेर सुकाएर बेच्ने हो भने तुरुन्तै नगद आउने राम्रो आम्दानीको श्रोत हुने भएको भण्डारीले बताउनुभयो । 


फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित आकासमा आउने चट्याङ्ग र गड्याङ गुडुङको आवाजले मात्र उम्रने जनविश्वास रहि आएको छ । त्यसैले हुम्लामा यो च्याउलाई टोप्ले च्याउको नामले चिन्ने गर्दछन् । यो च्याउ हुम्ला जिल्लाको, खार्पुनाथ,सर्केगाड,चंखेली,अदानचुली र ताजाँकोट लगायतका गाँउपालीको वनमा अत्यधिक पाईने गर्दछ । गुच्ची च्याउ भीर पाखासहित समथर वनमा पाईन्छ । पहिले वनमा जाने गोठालाले तरकारीको लागि ल्याउने च्याउ हाल व्यापारीले खरीद गर्न थालेपछि यसको संकलन गर्न स्थानीयहरु वनमा जाने गरेको पाइन्छ । 


हाल च्याउ संकलनका लागि महिला, पुरुष र वृद्धदेखि बालबालिकासम्म वनमा जाने क्रम बढिरहेको छ । हरेक वर्ष प्रत्येक घरधुरीले एकदेखि दश केजीसम्म च्याउ संकलन गर्ने गरेका छन् । अहिले गुच्ची च्याउ संकलनका लागि विद्यार्थीहरु पनि वनतिर जाने गरेको पाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...