हुम्ला । दशैंको अवसरमा हुम्लाको अदानचुली–१ का ६२ घरधुरीलाई खाद्यन्न वितरण गरिएको छ ।
रेडियो श्रीनगर एफएम हुम्लाले रेडियो कर्णाली आवाजको प्रसारक संस्था एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यन्न वितरण गरिएको हो ।
गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल वितरण गरिएको आयोजक संस्था एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्रका सचिव तथा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महताराले जानकारी दिनुभयो ।
‘महालक्ष्मी विकास बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत आइसिडिआरसीले गरेको आग्रहलाई स्विकार गरेपछि ६२ घरलाई चामल, तेल र महिलाका लागि सल वितरण गरिएको हो’, रेडियो श्रीनगरका सञ्चालक समितिका अध्यक्ष समेत रहेका महताराले भन्नुभयो ‘दशैमा दलित समुदायलाई एक छाक भातसहितको दशैं मनाउन भन्ने ध्येयका साथ यो कार्यक्रमको आयोजना गरेका हौं ।’
अदानचुली १ का वडा अध्यक्ष अब महताराको अध्यक्षता र कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री रणसिंह दमाईको प्रमुख आतित्थ्यतामा वितरण गरिएको हो । बैंकले ७७ वटै जिल्लामा वितरण गर्ने कार्यक्रम भएपनि आयोजक संस्था आइसिडिआरसिका सचिव नवराज महताराको पहलमा हुम्लाको अदानचुली–१ का दलित दाजुभाईले प्राप्त गर्नु निकै सकरात्मक भएको वडा अध्यक्ष अक महताराले बताउनुभयो ।
खाद्यन्न वितरण कार्यक्रममा अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले खडेरीले रैथाने उत्पादन निकै न्यून भएको अवस्थामा दलित समुदायका दाजुभाई दिदिबहिनीलाई चामल, तेल र सल वितरण गर्ने कार्य निकै प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।
जसले भएपनि समाजको बहिष्करणमा परेको वर्ग र समुदायलाई सेवा रसुविधा प्रवाह गर्ने काममा यसरी नैं सबैलाग्नु पर्ने बताएका अधिकृत महताराले महाअष्टमीको दिन यसरी वितरण हुनु सबैको घरमा दशैं मनाउने काममा ठूलो सहयोग पुग्ने जानकारी दिनुभयो ।
रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालीबहदुर थापाले सञ्चालन गरेको कार्यक्रममा नेकपा (एमाले)का वडा अध्यक्ष रुपचन्द्र थापा, माओवादी केन्द्रका प्रतिनिधि लगायतले कार्यक्रम सकरात्मक भएको बताउनुभयो ।
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगका प्रतिघर धुरी चामल र खाने तेल वितरण गरिएको कार्यक्रममा एमाले जिल्ला कमिटि हुम्लाका उपसचिव मञ्जु रावलको पहलमा दलित महिलालाई सल समेत वितरण गरिएको आयोजक संस्था एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लाले जनाएको छ ।
हरेक बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निश्चित रकम सामाजिक सेवामा लागउनु पर्ने सरकारको नीति अनुरुप पहिलो चरणमा महालक्ष्मी विकास बैंकले हुम्लाको अदानचुलीका दलित समुदायलाई खाद्यन्न सहयोग गरेको हो ।