नेभिगेशन
सिमकोट

४२ वर्ष पुरानो महिला फिडर छात्रावासमा आवास लिदैँ हुम्लाका छात्रा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा ४२ वर्ष पुरानो महिला फिडर छात्रावासमा छात्राले आवास लिदै आएका छन् । छात्राले आवास लिँदै आएको एक मात्र महिला फिडर छात्रावास जीर्ण हुँदा जोखिम मोलेर बस्न बाध्य भएका छन ।
 
सदरमुकाम सिमकोट तल्लो बजारमा २०३९ सालमा निर्माण भएर स्थापना भएको महिला फिडर छात्रावास ४२ वर्ष पुग्दासम्म पुरानै भवनमा छात्राहरु आवास लिदैँ आएका हुन् । छात्राबास निर्माण भएको धेरै वर्ष भइसक्यो, छात्रावसको भवन जीर्ण हुँदै गएको छ । पुनः निर्माणका लागि कसैले ध्यान नदिदा छात्राहरुले जोखिम मोलेर बस्नु पर्ने बाध्यता रहेको छ ।

 छात्रावासमा बस्दै आउनुभएकी छात्रा लक्ष्मी कार्कीले भन्नुभयो, “हामी सुत्ने कोठामा वर्षायाममा पानी नचुहिने ठाउ नै भएन, पानीले भिजेर डसना समेत विग्रने गरेको छ ।” छात्राहरुको आवासका लागि छत्रावास निर्माण भएको भएपनि जीर्ण हुँदा अहिलेसम्म कोही कसैको ध्यान नगएको छात्रा कार्कीको गुनासो छ ।” तल्लो बजारमा रहेको छात्राबासमा घेरबार पनि राम्रो नभएको छात्रावासमा आवास लिदैँ आएका छात्राको गुनासो छ । भवन मात्रै नभएर अन्य व्यवस्था समेत राम्रो नहुँदा समस्या हुनुका साथै वाह्य जटिल समस्या आइपर्ने होकी भन्ने चिन्ताले समेत सताउने गरेको छात्रा कार्कीको गुनासो छ ।”

भवन पूर्ण रुपमा जीर्ण नभएपनि जीर्ण बन्दै गएकाले जति वेला जे पनि हुन सक्ने भएपनि उक्त भवनमा वाध्यताले बस्नु पर्ने भएको छात्राबासका वार्डेन कमला लामाले बताउनुभयो । आफु एउटा महिला भएकाले कसैले सुनुवाइ नगरेको वार्डेन लामाको गुनासो छ । छात्रावास भवनको छाना चुहिने छन्, सुत्ने बेड भाँचिएका छन्, राम्रोसँग विद्युत उपलब्ध हुँदैन् । खानेपानी र शौचालयको समेत समस्या पनि उस्तै रहेको लामाका गुनासो छ ।

यता सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्ण आचार्य भने, भौतिक संरचनाको विषयमा जानकारी नभएको तर सरकारले तोकेको मापदण्ड अनुसार आएको बजेट अनुसार छात्रावासमा आवास लिदै आएका छात्रालाई छात्रवृती दिदै आएको बताउनुभयो । नेपाल सरकारले तोके अनुसार सरकारको मापदण्ड बमोजीम प्रति छात्रा व्यवस्थापन खर्च प्रत्यक वर्ष दुई लाख पचास हजार, प्रत्येक विद्यार्थीलाई छात्रवृति मासिक चार हजारका दरले दिने गरेको शिक्षा शाखाका नायव सुब्बा आचार्यले बताउनुभयो ।

महिला छात्रावासको जीर्ण भवनका लागि सामान्य बजेटले नहुने भएकाले यसको पन निर्माणका लागि बजेटको श्रोतको खोजीमा रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । महिला छात्रावास भवन नयाँ निर्माणका लागि पहल भइहरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । सम्भवत चाडै एक, दुई वर्षभित्र जीर्ण बनेका भवन निर्माण हुने अध्यक्ष भण्डारीले आश्वासन दिनुभयो । महिला फिडर छात्रावास जीर्ण भएको आफुलाई जानकारी भएको तर बजेटको श्रोत नहुँदा निर्माणका लागि अगाडी बड्न नसकेको उहाँको भनाई छ । जीर्ण भवन नयाँ निर्माणका लागि श्रोत खोजी रहेका छौं । गाउँपालिकाले छुट्याएको सानो रकमले नपुग्ने भएकाले कहीँकतैबाट श्रोत खोजेर नयाँ निर्माणका लागि गाउँपालिकाको योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
 

४२ वर्ष पुग्दा पनि महिला छात्रावासको भवन पुनः निर्माणमा सम्बन्धित निकायको ध्यान नजादा पानी पर्दा भत्किने डरका साथै चुहिने छानोमुनि राती कटाउन छात्राहरु बाध्य छन् । यहाँका भौतिक संरचना जीर्ण छन् । तर गाउँपालिकाले गुणस्तर शिक्षाको निती ल्याएको छ । सदरमुकाममै रहेको महिला छात्रावासको विषयमा भने गाउँपालिकाले चासो दिन नसकेको पाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर...
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । सिमकोट गाउँपालिकामा रहेका ४...
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...