नेभिगेशन
सर्केघार्ड

खच्चा सडक खुलाउँदै प्रहरी

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ को खच्चामा पर्ने कर्णाली राजमार्ग अन्तरगतको अवरुद्ध सडक खण्ड नेपाल प्रहरी र स्थानीय मिलेर खुलाउन थालेका छन् । केही दिन यता परेको निरन्तरको अविरल वर्षाले सडकमा पहिरो जानुका साथै सडक अवरुद्ध भएपछि खुलाउन कसैले चासो नदिएपछि नेपाल प्रहरी लागी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

कर्णाली कोरिडोर अवरुद्ध भएर सवारी साधन रोकिरहेको अवस्थामा तुम्च प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली र यहाँका स्थानीय मिलेर सडक खुलाउने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दे बताउनुभयो । लामो समयसम्म सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि प्रहरी आफै सडक खुलाउनमा लागि परेको हो । 

जिल्लामा रातीको समयमा निरन्तर पानी परिरहेका कारण खच्चा सडक खण्ड दुई हप्तादेखि अवरुद्ध हुँदा मालबाह सवारी साधन आवतजावतमा रोकिएका थिए । सडक भाँसिनुका साथै पहिरो गएका कारण सवारी साधन आउजाउ बन्द हुनुका साथै मालबाहक ट्रकहरुले ओहरदोहर गर्न नसकेको बताइएको छ । प्रहरी र स्थानीय मिलेर अवरुद्ध सडक खुलाएपछि सवारी साधन सञ्चालनमा आउने भएका छन् । 

यस क्षेत्रका सडक वर्षेनी अवरुद्ध हुँदा राजमार्ग नै अवरुद्ध हुने गरेको छ । खच्चमा सुख्खा पहिरो जाने माटो मात्रै भएकाले हरेक वर्ष उक्त सडक भाँसिन्दै जाने गरेको स्थानीयले बताउने गरेका छन् । खच्चाको सडक स्थायी मर्मत गर्न राज्यले चरम बेवास्ता गरेको छ । मर्मतमा सरकारले बेवास्ता गर्दा नागरिकले सास्ती खेप्नु परेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...