नेभिगेशन
समाज

तीन वर्षमा ३३ दुर्घटनाः सात जनाको मृत्यु 

सिमकोट । गुणस्तरी सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन । सोही दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, आर्थिक वर्ष २०७८।०७९ मा पाँच वटा दुर्घटना भएका छन् । त्यसमा जीप, ट्याक्टर, डोजर (स्काभेटर) गरेर ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । त्यस वर्षमा एक जना बालकको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । जीप एक, ट्याक्टर तीन र स्काभेटर एक गरी ६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ६ जना घाइते भएका थिए । 

   यस्तै आर्थिक वर्ष २०७९।०८० मा विभिन्न दश वटा दुर्घटना भएको थियो । सोही समयको दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । सोही आर्थिक वर्षमा जीप र ट्याक्टरमा परी एक एक जना पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएको छ । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटना भएको हो । त्यस आर्थिक वर्षमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए । घाइतेहरु सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका छन् । 

   यस्तै आर्थिक वर्ष २०८०।०८१ मा १८ वटा दुर्घटना जिल्लाका विभिन्न स्थानमा भएका छन् । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई जना गरी चार जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यो तीन वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०८०।०८१ मा दुर्घटना बढी भएका छन् । भने मृतकको संख्या पनि बढी भएको जानकारी प्राप्त भएको छ । यो आर्थिक वर्षमा ३५ जना विभिन्न समयको दुर्घटनामा परी घाइते भएका थिए । उनीहरु सबै उपचारपछि घर फिर्ता भइसकेका छन् । 

   तीन वर्षको तथ्याङक हेर्दा हरेक वर्ष दुर्घटना झिनो संख्यामा मृत्यु हुने बढेको देखिन्छ ।  घाइते हुनेको संख्या झन बढिरहेको छ । पछिल्लो तीन वर्षमा हुम्लामा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते बनेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।