नेभिगेशन
समाज

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ।  सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। 

आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ।   सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हावाहुरी सहित भारी वर्षाको  सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको पनि सम्भावना रहेको छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।