नेभिगेशन
समाज

असारमा तातिने कार्यालय प्रमुखलाई सुझाव

सिमकोट । विहिबार सदरमुकाम सिमकोट हुम्ला जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसँग जिल्ला स्थित राजनितिक दलहरुले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति समिक्षा गरेका छन् । राष्ट्रिय मान्यता प्राप्त हुम्लामा रहेको राजनितिक दलको सर्वदलीय संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग छलफल गरेका हुन् । 

   सधै असारमसान्तको समयमा मात्रै कागजी विकासको मुख ताक्ने यहाँका कार्यालय प्रमुखसँग छलफल गरिएको नेकपा माओवादी केन्द्र हुम्ला पार्टीका सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो । आर्थिक वर्षका ११ महिना चुप लागेर बस्ने असारको बेलामा मात्रै बजेट खर्चमा तातिने प्रवृधिको अन्त्यका लागि यहाँका प्रमुखसँग विकास, सुशासन लगायतका विषयमा छलफल गरिएको हो । यहाँका कार्यालय हिउँद याममा जिल्ला नबस्ने, बसेपनि कहिले अख्तियारी नआएको त के के विभिन्न बाहना बनाउँदै हुम्लाको विकासमा गति लिन नसकेपछि राजनितिक संयन्त्र तातिएको हो । जिल्लामा विभिन्न विकासे कार्यालयमा करोडौँको बजेट संघ, प्रदेशबाट विकासका लागि आएपनि विकास हुन नसकेर फिर्ता पठाउने प्रविधिको अन्त्य गर्नका लागि बैठक बसेको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायाले बताउनुभयो । जिल्ला स्थित कार्यालय प्रमुखलाई विदाको समय बाहेक जिल्लाको विकास, सुशासन र प्रादर्शिताका लागि खटिएर लागि पर्न सुझाव समेत दिएका छन् । 

   जिल्ला प्रशासन कार्यालयमा हिल्सा सिमकोट सडक आयोजना, पूर्वधार विकास, खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण, सामाजिक विकास, स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका कार्यालय प्रमुखले आफ्नो वार्षिक प्रगति र आगामी दिनका कार्ययोजनाका विषय प्रस्तुत गरेका थिए । 

अधिकांस कार्यालय प्रमुखले आफ्नो प्रस्तुतीमा चित्त बुज्दो जवाफल नदिएको बताइएको छ । जिल्लामा आउने विकासे खर्च काम नगरी फिर्ता पठाउने देखिएको पाइएको छ । आजै भएको कार्यक्रममा अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनितिक दल सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । 

जिल्ला स्थित राजनितिक दल, कार्यालय प्रमुख र उपभोक्ता विच समन्वयको कमी हुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो । कतिपय राम्रा र नराम्रा पक्ष बाहिर ल्याउन सञ्चारकर्मीको भूमिका ठूलो रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।