नेभिगेशन
समाज

जिल्ला अस्पतालका विरामीलाई सरफाईका सामग्री सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालयले संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई विहिबार विभिन्न सामग्री सहयोग गरेको छ । आज विहिबार संविधान दिवसको दिन जिल्ला अस्पतालमा उपचाररत रहेका विरामीलाई स्वास्थ्य, सरसफाईका सामग्री सहयोग गरिएको हो ।

अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई आधा किलो हलिक्स समेत सहयोग गरिएको सिमकोट जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत रहेका ११ जना विरामीलाई विभिन्न सामग्री सहयोग गरिएको बताइएको छ । 

सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालय हुम्लाको संयुक्त आर्थिक सहयोगमा उक्त सामग्री सहयोग गरिएको हो । प्रति विरामीलाई १ हजार ५ सयका दरले ती सामग्री सहयोग गरिएको हो । भने १६ हजार ५ सय रुपियाँको सामग्री सहयोग गरिएको जानकारी प्राप्त भएको छ । 

संविधान दिवसको असवरमा उक्त सामग्री सहयोग वितरणमा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), उपध्यक्ष सुशिला रोकाया (भाम), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह लगायतको उपस्थित रहेको थियो । सहयोग सामग्री पाएका उपचाररत विरामीले सहयोगी प्रति धन्वाद समेत दिएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै