नेभिगेशन
समाज

जिल्ला अस्पतालका विरामीलाई सरफाईका सामग्री सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालयले संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई विहिबार विभिन्न सामग्री सहयोग गरेको छ । आज विहिबार संविधान दिवसको दिन जिल्ला अस्पतालमा उपचाररत रहेका विरामीलाई स्वास्थ्य, सरसफाईका सामग्री सहयोग गरिएको हो ।

अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई आधा किलो हलिक्स समेत सहयोग गरिएको सिमकोट जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत रहेका ११ जना विरामीलाई विभिन्न सामग्री सहयोग गरिएको बताइएको छ । 

सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालय हुम्लाको संयुक्त आर्थिक सहयोगमा उक्त सामग्री सहयोग गरिएको हो । प्रति विरामीलाई १ हजार ५ सयका दरले ती सामग्री सहयोग गरिएको हो । भने १६ हजार ५ सय रुपियाँको सामग्री सहयोग गरिएको जानकारी प्राप्त भएको छ । 

संविधान दिवसको असवरमा उक्त सामग्री सहयोग वितरणमा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), उपध्यक्ष सुशिला रोकाया (भाम), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह लगायतको उपस्थित रहेको थियो । सहयोग सामग्री पाएका उपचाररत विरामीले सहयोगी प्रति धन्वाद समेत दिएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।