नेभिगेशन
समाज

ताँजकोटका ११ वस्ती स्थानान्तरण गर्ने हुम्ला विपद समितिको निर्णय 

सिमकोट । जिल्लाका विभिन्न ११ वटा वस्तीलाई स्थानान्तरण गर्ने निर्णय गर्दै हुम्ला जिल्ला विपत व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । 

समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका ११ वटा वस्ती स्थान्तरणका लागि कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुर्खेतलाई पठाउने निर्णय गरेको छ । 

बैठकले निकै जोखिममा रहेका ताँजकोट गाउँपालिका वडा नम्बर १ को भैसामाझ, गैरा जिमाना, काडागाउँ, वडा २ को दलित वस्ति, वडा ३ को रोकायाबाडा, मेलपानी, नौकला, बुढाताँजा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को भात्री गाउँ, चिही गाउँका वस्तीलाई स्थान्तरण गर्ने निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । 

यत्स्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेट क्वाटरका लागि जग्गा उपलब्ध गराउन सिमकोट गाउँपालिकालाई समेत आग्रह गर्ने निर्णय गरेको छ । 

‘सिमकोट गाउँपालिकाको वडा नम्बर पाँच मैनेगाडाबाट पाँच सय मिटर दक्षिण तर्फ रहेको बसुन्धारा डाडा दायाँ, बायाँतर्फ करिब तीन सय रोपनी जमिन भावि दिनमा विपद व्यवस्थापन कार्यका लागि आवश्यक नपर्ने भएकाले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेट क्वाटर हुम्लालाई उपलब्ध गराउने निर्णय भएको छ’ समितिका सदस्य सचिव समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले भन्नुयभो, ‘बैठकले सिमकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेको मैनेगाडा वसपार्क वडा नम्बर पाँचको कार्यालय भवन निर्माण उपयोगका लागि सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने, यस वर्ष मनसुनकाृ कारण बाढी पहिरो वर्षात तथा रोग किराले क्षति भएको बालीनालीको राहत रकम विगत वर्ष झै उपलब्ध गराउन कृषि विकास कार्यालय हुम्ला मार्फत सम्बन्धित प्रदेश मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ ।’

बैठकमा प्रतिनिधि सभा सदस्य छिरिङ डम्डोल लामा (कार्चेन), जिल्ला समन्वय समितिका उप–प्रमुख दलु फडेरा (सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थित रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।