नेभिगेशन
समाज

दशैंको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाण्डौं । यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।