नेभिगेशन
समाज

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
नवरात्रको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका...
ताँजकोटको पुइमामा बोलेरो जीप दुर्घटनाः दुईको घट्नास्थलमै मृत्यु

ताँजकोटको पुइमामा बोलेरो जीप दुर्घटनाः दुईको घट्नास्थलमै मृत्यु

हुम्लाबाट नेपालगञ्जबाट जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र नाम नखुलेका अन्दाजी पाँच, छ वर्षका बालककको मृत्युभएको...
नवरात्रको तेस्रो दिन ; चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको तेस्रो दिन ; चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको पहिलो दिन बिहीबार दशैं घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत...