नेभिगेशन
समाज

सिमकोटको हवाई तीन दिनपछि सुचारु

सिमकोट । दशैंमा यात्रु नभएपछि तीन दिनसम्म रोकिएको सिमकोटको हवाई सेवा सोमबार आजदेखि सुचारु भएको छ । 

राष्ट्रिय सडक सञ्जालसँग राम्रोसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा दशैंको मुख्य चटारो सकिएपछि तीनपछि यात्रुहरु आवतजावत गर्न थालेका हुन् । 

दशैंको टिकाको अघिल्लो दिन मात्र हवाई उडान भएको सिमकोट विमानस्थलमा त्यसयता कुनै उडान नभएको सिमकोट विमानस्थलले जनाएको छ । त्यसयता यात्रु नभएपछि हवाई उडान हुन नसकेको सिता एयरका छेपाल लामाले जानकारी दिए । 

तीन पछि सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। लामाका अनुसार नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको हो ।  दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए  

‘मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ’, प्रमुख लामाले भने। नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ।  

सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ। 

नेपालीहरुको महान चार्डका रुपमा मनाइने दशैंको अवसरपारी घर बाहिर भएका सबै घर आएपछि निकै चाप भएको हुम्लाको हवाई सेवा उनिहरु फर्किन थालेपछि पुनः टिकटका लागि समस्या हुने बताउन थालिएको छ । 

हरेक वर्ष दशैंको अघि जिल्ला फर्किने र दशैंपछि जिल्लाबाट फर्किने हवाई टिकट नहुँदा जिल्लाका नागरिकले खेप्नु पर्ने सास्ती यो पटक पनि दोहोरिने जानकारहरुले बताउने गरेका छन् । अनलाइनमा सहजै प्राप्त हुने सिमकोट नेपालगञ्ज र सुर्खेतको टिकट एक साताका लागि बुक भएको उल्लेख गरेका निजि विमान कम्पनीका प्रतिनिधिहरुले यो पटक पनि तल झर्नेहरुका लागि समस्या हुने बताउने गरेका छन् । गएको वर्ष दशैमा घर गएकाहरुको चापका कारण हवाई टिकट नपाएपछि यात्रुहरुले आन्दोलन समेत गर्नु परेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।