नेभिगेशन
समाज

सुख्खा पहिरो गएपछि सिमकोट–हिल्सा सडक अवरुद्ध

सिमकोट ।  सुख्खा पहिरो गएपछि कर्णाली करिडोर सडकको सिमकोट–हिल्सा सडकखण्ड अन्तरगत सिमकोट गाउँपालिका ७ को रापोरीमा  सडक अवरुद्ध भएको छ।

सुख्खा पहिरोका कारण दुई सय मिटर सडक भाँस्सीएपछि सडक अवरुद्ध भएको धारोपोरीका स्थानीय राजबहादुर शाहीले जानकारी दिए । सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएपछि सिमकोट नाम्खा आवतजावत गर्ने यातायातका साधन बन्द भएका छन् । स्थानीय शाहीका अनुसार सिमकोटबाट गएका सवारी साधनहरु चारटाँगेसम्म पुगेर फर्किने गरेका छन्भने नाम्खाबाट आएका सवारी साधनहरु पहिरो गएको ठाउँमै आएर रोकिने गरेका छन् । 

सडकमा मानिस आउजाउ गर्न नसक्ने भएका कारण पैदल यात्रुहरु र खच्चड चौगानफया गाउँ भएर जाने गरेका छन्। पहिरोले तीन वटा विद्युतका पोल ढाल्दा हिल्दुम साना जलविद्युत आयोजनाको सिमकोट वितरण केन्द्रबाट वितरित विद्युत सेवासमेत धारापोरीमा अवरुद्ध भएको छ। पहिरोले खानेपानीको पाइपमा पनि क्षति पुर्‍याएको छ।

आइतबार साँझ करिब ५ बजेबाट खस्न सुरु भएको सुख्खा पहिरो आज दिउँसो २ बजेदेखि रोकिएको छ।

हिल्सा–सिमकोट सडक आयोजनामा दाप्चा आरएन जेभी हेटौंडाले निर्माण कार्य जारी राखेको थियो। सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्यसमेत रोकिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन