नेभिगेशन
समाज

सुख्खा पहिरो गएपछि सिमकोट–हिल्सा सडक अवरुद्ध

सिमकोट ।  सुख्खा पहिरो गएपछि कर्णाली करिडोर सडकको सिमकोट–हिल्सा सडकखण्ड अन्तरगत सिमकोट गाउँपालिका ७ को रापोरीमा  सडक अवरुद्ध भएको छ।

सुख्खा पहिरोका कारण दुई सय मिटर सडक भाँस्सीएपछि सडक अवरुद्ध भएको धारोपोरीका स्थानीय राजबहादुर शाहीले जानकारी दिए । सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएपछि सिमकोट नाम्खा आवतजावत गर्ने यातायातका साधन बन्द भएका छन् । स्थानीय शाहीका अनुसार सिमकोटबाट गएका सवारी साधनहरु चारटाँगेसम्म पुगेर फर्किने गरेका छन्भने नाम्खाबाट आएका सवारी साधनहरु पहिरो गएको ठाउँमै आएर रोकिने गरेका छन् । 

सडकमा मानिस आउजाउ गर्न नसक्ने भएका कारण पैदल यात्रुहरु र खच्चड चौगानफया गाउँ भएर जाने गरेका छन्। पहिरोले तीन वटा विद्युतका पोल ढाल्दा हिल्दुम साना जलविद्युत आयोजनाको सिमकोट वितरण केन्द्रबाट वितरित विद्युत सेवासमेत धारापोरीमा अवरुद्ध भएको छ। पहिरोले खानेपानीको पाइपमा पनि क्षति पुर्‍याएको छ।

आइतबार साँझ करिब ५ बजेबाट खस्न सुरु भएको सुख्खा पहिरो आज दिउँसो २ बजेदेखि रोकिएको छ।

हिल्सा–सिमकोट सडक आयोजनामा दाप्चा आरएन जेभी हेटौंडाले निर्माण कार्य जारी राखेको थियो। सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्यसमेत रोकिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...