नेभिगेशन
समाज

सात दिनमा तीन पटक उडान हुम्लीलाई सधैं जिल्ला बाहिर जान टिकटको सास्ती

सिमकोट । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै हुम्लाको सदरमुकाम सिमकोटदेखि यहाँका नागरीकले जिल्ला बाहिर जान समस्या भोग्दै आउनु परेको छ । 

   दक्षिण भेगका पाँचटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपनि सिमकोट र नाम्खा गाउँपालिका नजोडिदा यहाँका नागरीकले दशैँ, तिहारको समयमा वर्षेनी जिल्ला बाहिर जानु पर्ने समस्या भोग्दै आएका छन् । दशैँ, तिहार लगायतका पर्व मनाएर आ– आफ्नो गन्तव्यमा जानका लागि वर्षेनी हुम्लाका नागरीक सिमकोट विमानस्थलमा अलपत्र पर्नु पर्ने समस्या भोग्दै आउनु परेको छ । भने यसको छुटकारा कहिल्यै पाउन नसक्ने भएका छन् । 

  दक्षिण भेगका गाउँपालिका सडकसँग जोडिएपनि कच्ची सडकका कारण हवाई जहाजमार्फत जान सजिलो हुने भएको हुँदा यतिबेला सिमकोट विमानस्थलमा दैनिक टिकटका लागि धाउनेको संख्या उल्लेखनिय देखिएको छ । यात्रुहरु टिकटका लागि विमानस्थल एयरर्पोट चोकमा रहेका विभिन्न एयरलाइन्सका कार्यालयमा धाउने गरेपनि हप्ता दिनदेखिा हुम्ला उडान हुन नसकेको हो । 

   दशैँ, तिहार मनाउन घर आएका विद्यार्थी, अन्य जिल्लाबाहिर रोजगार गर्दै आएका नागरीक लगायतले यतिबेला फुलपातीको अघिल्लो दिनदेखि हुम्लामा उडान नहुँदा सास्ति खेप्नु परेको छ । सोमबार तारा र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले एक–एक पटक उडान गरेका थिए । पछिल्लो दिन मङ्गलबार नेपाल एयरलाइन्सले एक फलाईट गरेको थियो । सात दिनमा यि दुई जहाजले तीन फलाइट गरेका हुन् । अन्य समिट र सीता एयरले सात दिन यतादेखि आफ्नो उडान भर्न नसकेका हुन् । अन्य समयमा जिल्लामा दैनिक एक, दुई पटक उडान गर्दै आएका निजि एयरलाइन्सले यो समयमा उडान नगर्दा यात्रु मर्कामा परेको छन् । 

  हुम्लामा उडान भर्दै आएका निजि एयरलाइन्सले आफ्नो नाफामुली उडान पूर्वका जिल्लामा भरेका कारण हुम्लाका यात्रुले सास्ति खेप्नु परेको छ । यो समयमा विदेशी पर्यटक पूर्वका विभिन्न जिल्लामा घुम्न जानुका साथै डलरको लोपले यहाँ उडान हुन नसकेको हो । हुम्लामा उडान भर्न छोडर नाफामुखी उडान भर्दै सिजन खोज्ने एयरलाइन्सका कारण यात्रु मर्का पर्ने गरेका हुन् । नेपालगन्ज, सुर्खेतदेखि दैनिक उडान हुँदा विमानस्थल भिडभाड हुने सिमकोट विमानस्थलमा पछिल्लो समय उडान घट्दै गएका छन् ।

    यतिबेला जिल्ला बाहिर जाने यात्रु मात्रै नभएर जिल्लामा भित्रिने यात्रु नेपालगञ्ज सुर्खेतका शहरमा समेत अलपत्रमा परेका छन् । जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु दशैँ, तिहार विदा मनाउन आफ्नो घर गएपछि कार्यक्षेत्रमा फर्किन खोज्दा जहाजले उडान नगर्दा अलपत्रमा परेको बताउने गरेका छन् । सदरमुकाम सिमकोटमा झण्डै ३३ वटाभन्दा बढी सरकारी कार्यालय रहेका छन् । भने अन्य विभिन्न संघसंस्था समेत रहेका छन् । यि कार्यालयमा कार्यालय प्रमुखदेखि अन्य कर्मचारी प्राय जसो जिल्ला बाहिरका नै रहेका छन् । विदा सकिएपछि कार्यक्षेत्रमा फिर्ता हुनका लागि जहाजको समस्या हुने उनीहरुको गुनासो छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।