नेभिगेशन
समाज

 कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले हिरासतमुक्त गर्ने निर्णय गरेको हो ।

कार्यालयको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनले भने, 'जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार केहीबेर अघि उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।'

कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो ।

'प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई जानकारी दिएको । जापान सरकारले अन्य प्रतिवादीहरुलाई एक्सक्लुजन अर्डरबाट डिपोर्ट गरेकोमा निज लिलाबल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएकोु ले मुद्दा नचल्ने आधार स्पष्ट हुने सरकारी वकिल कार्यालयको निर्णय छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन