नेभिगेशन
समाज

हुम्लामा मनाइयो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकाको आयोजनामा यो दिवस मनाइएको छ । प्रयोजकमा हिमाली शिक्षा र विकास हेड नेपाल, नेपाल अस्ट्रिया साँझेदारी संस्था, किर्डाक नेपाल, आधार नेपाल, सुस्वा, सिप नेपाल, एसआइडिसी, जयदेवी बाल प्रतिष्ठान लगायतको रहेको थियो । 

  दिवसको अवसरमा आज बिहान बालमन्दिर माध्यामिक विद्यालयको व्यवस्थापनमा सिमकोट बजारमा ¥याली निकालिएको थियो । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । 

   कार्यक्रमका अध्यक्ष रहनुभएका सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले अपाङ्गता भनेको रहरको नभएर प्राकृतिक भव्यतव्यले हुने बताउनुभयो । अपाङ्गता भएका मानिसको क्षमता, योग्यता हुन सक्ने भएकाले उनीहरुको क्षमता, योग्यताको कदर गर्दै नेतृत्व विकासमा जोड दिनु पर्ने बताउनुभयो । उनीहरुको पूर्वधार विकास, शैक्षिक गुणस्तर लगायतमा गाउँपालिकाले जोड दिने अध्यक्ष भण्डारीले बताउनुभयो । 

   ३३ औँ अपाङ्गता दिवसमा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता महत, शिक्ष्ाँ विकास तथा समन्वय इकाईका प्रमुख योगेश आले मगर, सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत, सिमकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण आचार्य, जिल्ला प्रशासनका ज्ञानी सुनार लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा प्रमुखको उपस्थित रहेको थियो । 

  अपाङ्गता भएका व्याक्तीहरुको पनि राज्यले छुट्टै कानुन बनाएको बताइएको  । नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु दुखद् कुरा भएको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुको भनाई थियो । अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड हिमाली शिक्षा र विकास हेड नेपालका संयोजक छिटुप लामाले बताउनुभयो । 

३३ औँ अन्तराष्ट्रि अपाङ्गता दिवसमा वक्तित्वकला

   साथै ३३ औँ अन्तराष्ट्रि अपाङ्गता दिवसमा विभिन्न विद्यालयका विद्यार्थीले आफ्नो नृत्य समेत प्रस्तुत गरेको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानध्यापक कैलाश रोकायाले बताउनुभयो । साथै माध्यामिक विद्यालय स्तरीय वक्तित्व कला समेत भएको थियो । बक्तित्व कलामा तीन वटा माध्यामिक विद्यालय बालमन्दिर, मानसरोवर, कर्णाली माध्यामिक विद्यालयको सहभागीता रहेको भएको छ । अपाङ्गता सम्बन्धि विषयवस्तुमा बक्तित्व कला भएको हो । जसमा प्रथम छात्रछात्रा तर्फ बालमन्दिरका निरुता भण्डारी, सजग बुढा, दोस्रो कर्णाली माध्यामिक विद्यालयका छात्रछात्रामा उपेश शाही, संगीता शाही र तेस्रो स्थानमा मानसरोवर माध्यामिक विद्यालयका छात्रछात्रा विवेक शाही, अस्मिता सिंह भएको जानकारी प्राप्त भएको छ । क्रमश उनीहरुलाई प्रथम, दोस्रो र तेस्रोलाई रु तीन हजार, दुई हजार दुई र रु एक हजार पाँच सय पुरस्कार राशी रहेको थियो । साथै अपाङ्गता दिवसमा सहभागीता जनाउने विद्यालयलाई रु तीन हजार समेत प्रदान गरिएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै