नेभिगेशन
समाज

तेस्रो हिमपातले हुम्लाको तापक्रम माइनस झ¥यो (फोटो फिचर सहित)

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा तेस्रो पटक हिमपात भएको छ । 

सुक्रबार रातीदेखि जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भैरहेको छ । हिमपातले अत्याधिक जाडो बढेपछि जिल्लाभरको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ । 

Simkot-himpat-5-1735355282.jpeg
 

लामो समय देखि पानी नपरेको हुम्लामा जिल्ला सदरमुकाम सिमकोट र उत्तरी क्षेत्रका गाउँहरुमा झण्डै दुई फिट हिउँ परेको छ । 

हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । 

शुक्रबार साँझदेखि निरन्तर परेको हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  

Simkot-himpat-4-1735355272.jpeg
 

धेरै लामो समय पछि परेको हिउँले चिनसँग सिमा जोडिएको उतरी नाम्खा गाउँपालिका ६ लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिनुभयो । उहाँका अनुशार मुचुमा अहिलेसम्म झण्डै साढे १ फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ । 

Simkot-himpat-3-1735355259.jpeg
 

हिउँले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १० पुगेको  हुनपर्ने बताउनु भएका  लामाले भन्नुभो, “आज बिहनै देखि हिउँ परेर चिसो एकाएक बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् ।” लामाले थप्नुभयो जाडोले पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।”

Simkot-himpat-1735355238.jpeg

मंसीर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माइनस ५ पुगेको छ  । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको भएपनि अत्याधि चिसोले जनजीवन भने प्रभावीत बनाएको छ । हिमपातले बढेको जाडोले जिल्लाका सुरक्षाकर्र्मीलाई ड्युटी गर्नमा समेत समस्या भएो जिल्ला प्रहरी ककार्यालय हुम्लाले जनाएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा हिमपात परेपनि दक्षिण भेगमा भने निरन्तर पानी परिरहेको छ । 

हिमपातले दक्षिण क्षेत्रका किसान खुशी 
 
लामो समयको खडेरी पश्चात आज परेको हिमपातसँगैको वर्षले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् । 

पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको अदानचुली २ की लालपरु सुनारले जानकारी दिइन् । 

Simkot-himpat-1735355238.jpeg
 

गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुःख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएकी सुनारका अनुशार यो पटकको हिमपातले बारीको गहुँ अब उम्रीने छ । 

हिउँ सँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिनुभयो । पानी नपरेको बताएका शिक्षक शाहीले थप्नुभयो “पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।” 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असार मसान्तसम्मका लागि २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेको छ । कार्यालयले स्टिम जिरा मसिनो...
नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।
सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख २८ हजार बराबरको बजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको तेहौं गाउँसभामा...
तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि एक जना १५ वर्षका किशोर बेपत्ता भएका छन । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका स्थानिय बासिन्दा माग्लु कार्कीका १५ वर्षका छोरा माउन्टेन कार्की हराएको...