नेभिगेशन
नाम्खा

हिमपातले बाटोमा अलपत्र परेका लामालाई प्रहरीले सकुशल उद्धार गर्यो

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले बाटोमा अलपत्र परेका एक जना नागरीकलाई याल्वाङ्ग प्रहरी चौकीको टोलीले आइतबार सकुशल उद्धार गरेको छ । नाम्खा गाउँपालिका वडा नम्बर चारमा पर्ने सल्ली खोलामा वडा नम्बर चारबस्ने ६५ वर्षिय तुन्दुक लामालाई प्रहरीले उद्धार गरेको जानकारी प्राप्त भएको छ ।

धाडकेर्मीबाट पालिका केन्द्र याल्वाङ्ग जादैँ गरेका लामालाई याल्वाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सर्वजित शाहीको नेतृत्वमा खटिएको चारजनाको प्रहरी टोली उद्धार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लामा आइतबार बाटोमा अलपत्र परेको भन्ने जानकारी पाउन साथ उक्त प्रहरी चौकीले उद्धार गरेको हो । लामालाई प्रहरीले स्टेचरमा राखी उद्धार थगरी इकाला स्वास्थ्यचौकीमा उपचार गरार आफन्त नाताले ज्वाइ पर्ने लाल बहादुर तामाङको जिम्मा लगाएको जानकारी प्राप्त भएको छ ।

केही दिन अघि परेको हिमपातले लामा बाटोमा अलपत्रमा परेर जान नसक्ने भएपछि उद्धार गरिएको हो । पहिला प्रहरीलाई नाम थर नखुलेको उद्धारका लागि जानकारी आएपनि पछि उद्धार गरेर उपचार गरिसकेपछि सबै डाटा लिएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।
बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको खोजीमा काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा...