नेभिगेशन
समाज

दैनिक १४ घण्टा लोडसेडिङमा मारमा हुम्लाको सिमकोटवासी 

सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १४ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ ।

लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको बताउने गरेका छन् ।

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले यो हिउँदको समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा एक सय पचास देखि डेस सय किलोवाट सम्म विद्युत खपत हुँदै आएको नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । दिनमा १४ घण्टा भन्दा बढी विद्युत भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले वर्षेनि यसको समस्या भोग्दै आउनु परेको भन्दै गुनासो पोख्न थालेका छन् । पानीको अभावका कारण माग अनुसार विद्युत आपूर्ति गर्नसकेको कार्यालय प्रमुख शाहले बताउनुभयो ।

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् । लामो समयदेखि चौध घण्टासम्मको विद्युत भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत कार्यालयले माग एक सय पचास किलोवाट क्षमता हुँदा सदरमुकामबासीको माग समस्याका अनुसार विद्युत आपूर्ति र कटौती गर्दै आएको शाहले बताउनुभयो ।

विद्युत सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको बताइएको छ । समयमै विद्युत सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ ।

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको गुनासो पोख्ने गरेका छन् । नियमित विद्युत नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको बताइएको छ ।

एसईई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत भार कटौतीको मार खेपिरहनु परेको गुनासो पोखेका छन् । चौध घण्टासम्म विद्युत भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।