नेभिगेशन
समाज

निजामती कर्मचारी सङ्गठन हुम्लाको अध्यक्षमा रोकाया

सिमकोट । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन हुम्लाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको अध्यक्षतामा १६ सदसिय नयाँ कार्य समिति चयन गरिएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका हुम्लाको यसअघि कार्यबाहक अध्यक्ष समेत रहेका रोकायाको अध्यक्षतामा शनिबार नयाँ नेतृत्व चयन गरिएको जानकारी प्राप्त भएको छ । यस्तै संगठनको उाध्यक्षमा हेमराज बिष्ट, सरिता पार्की, सचिवमा धर्मराज बोहोरा सचिव, सह सचिवमा मिमसिंह नेपाली सहित १६ सदसिय नयाँ नेतृत्व चयन गरिएको नेकपा एमाले पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनले हुम्लामा कार्यरत निजामती कर्मचारीहरूको हक हितका लागी निरन्तर कार्य गर्दै आउनुका साथै अगाडी बढ्ने कार्यबाहक अध्यक्ष महेन्द्र रोकायाले बताउनुभयो । हुम्लामा नेपाल निजामती कर्मचारीको नेतृत्व छैन्, कर्मचारी छैन् संगठन छैन् भनेर बजारमा जुन किसिमको हुइया चलाइएको छ त्यसको सत्यता नभएको रोकायाले बताउनुभयो ।

हुम्लामा मात्रै एमाले निकटका एक सय दुई जना भन्दा बढी कर्मचारी रहेका छन् । विगतमा यो संगठन केही सुस्ताएपनि अब यो नेतृत्वले केही आशा र अपेक्षाका साथ काम गरेर देखाउने र पार्टीको साथ सहयोगको आवश्यक रहेको रोकायाले बताउनु भएको छ ।

यस्तै कार्यक्रमका प्रमुख अथिती तथा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टीको नजिकको संगठन रहेको बताउनुभयो । यो संगठनले देशभर कर्मचारीका विभिन्न समयमा हक हितका लागि २०४६ सालमा आन्दोन गरेर जायज माग पुरा भएका छन् ।

एमालेले ल्याएको खुसी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक बनाउन निजामती संगठनको मूख्य भूमिका रहेको बताउनुभयो । अध्यक्ष बुमीले भन्नुयो, यो संगठनले पार्टीको झण्डा समातेर हिड भन्दैनौ, जिल्लामा कर्मचारीले गरेका व्यथिती, विकृतीलाई उजागर गर्नका लागि आवाज उठाउनमा लाग्नु पर्ने बताउनुभयो ।

पार्टीको यो संगठनले उठाएका जायज मागका लागि एमाले जिल्ला पार्टी सधैँ साथ र सहयोगी भएर लागि पर्ने अध्यक्ष बुमीले बताउनु भएको छ ।

आजै भएको १२ औँ जिल्ला अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य गीता लामा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य डबल रावत, एमालेका अग्रज नेता लोक बहादुर हमाल, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, सिमकोट गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष चीन रावत, पूर्ण बहादुर रावत लगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचनरीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।