नेभिगेशन
समाज

स्काभेटरसँगै कर्णाली नदीमा फसेकाहरूको सकुशल उद्धार

सिमकोट ।  मुगु र बाजुरा जिल्लाको सिमानामा पर्ने झुगोलामा कर्णाली नदीमा स्काभेटर डुब्दा बेपात्ता भएकाहरुको सकुशल उद्धार भएको छ । 

मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर तर्ने क्रममा नदीको पानीमा फसेको थियो।

उद्धार गरिएकाहरुमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सिँजाका २३ वर्षीय भानु पछाई, सोही ठाउँका ३० वर्षीय सूर्य पछाई र १९ वर्षीय राजेन्द्र वड रहेको हुम्ला जिल्ला प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए।

उद्धार गरिएका मध्य सूर्य पछाई चालक हुन्। झण्डै तीन घण्टापछि विच नदीमा फसेकाहरुलाई हिमाली गाउँपालिकाको र्‍याफटिङबाट सकुशल नदी बाहिर ल्याइएको थियो।

दिउँसो १ बजेबाट नदीमा स्काभेटरसँगै उनीहरु फसेका थिए। उद्दारको अन्य विकल्प नभएपछि गाउँपालिकामा रहेको र्‍याफटिङ र उद्दारकर्ता घटनास्थल पुगेका थिए। साँझ ४ बजे उहाँहरुको सकुशल उद्दार गरेर अहिले उनीहरु मुगुको खत्याड पठाईएको छ तर डोजर भने नदीको बिचमै रहेको छ। जुम्लाबाट मुगुको खत्याडहुँदै हुम्ला लैजाने क्रममा डोजर कर्णाली नदीबाट तार्न खोज्दा नदीमा फसेको थियो। डोजरलाई भने तान्ने मेशिन नहुँदा विच नदीमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।