नेभिगेशन
समाज

स्काभेटरसँगै कर्णाली नदीमा फसेकाहरूको सकुशल उद्धार

सिमकोट ।  मुगु र बाजुरा जिल्लाको सिमानामा पर्ने झुगोलामा कर्णाली नदीमा स्काभेटर डुब्दा बेपात्ता भएकाहरुको सकुशल उद्धार भएको छ । 

मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर तर्ने क्रममा नदीको पानीमा फसेको थियो।

उद्धार गरिएकाहरुमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सिँजाका २३ वर्षीय भानु पछाई, सोही ठाउँका ३० वर्षीय सूर्य पछाई र १९ वर्षीय राजेन्द्र वड रहेको हुम्ला जिल्ला प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए।

उद्धार गरिएका मध्य सूर्य पछाई चालक हुन्। झण्डै तीन घण्टापछि विच नदीमा फसेकाहरुलाई हिमाली गाउँपालिकाको र्‍याफटिङबाट सकुशल नदी बाहिर ल्याइएको थियो।

दिउँसो १ बजेबाट नदीमा स्काभेटरसँगै उनीहरु फसेका थिए। उद्दारको अन्य विकल्प नभएपछि गाउँपालिकामा रहेको र्‍याफटिङ र उद्दारकर्ता घटनास्थल पुगेका थिए। साँझ ४ बजे उहाँहरुको सकुशल उद्दार गरेर अहिले उनीहरु मुगुको खत्याड पठाईएको छ तर डोजर भने नदीको बिचमै रहेको छ। जुम्लाबाट मुगुको खत्याडहुँदै हुम्ला लैजाने क्रममा डोजर कर्णाली नदीबाट तार्न खोज्दा नदीमा फसेको थियो। डोजरलाई भने तान्ने मेशिन नहुँदा विच नदीमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको...