नेभिगेशन
समाज

स्थानीय तह संस्थागत क्षमता र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिला

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाले हालै मात्र सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन  र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको हो । आर्थिक वर्ष २०८०÷०८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ९६ प्रतिशत, खार्पुनाथ गाउँपालिकाले ९४ दशमलब ५० प्रतिशत, ताँजकोट गाउँपालिका ९४ दशमलब २५, नाम्खा गाउँपालिकाले ९४ प्रतिशत, अदानचुली गाउँपालिकाले ९० दशमलब ५०, चंखेली गाउँपालिकाले ८४ दशमलब ५०, र सर्केगाड गाउँपालिकाले ८३ दशमलब २५ प्रतिशत प्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सबैभन्दा कम प्रतिशत सर्केगाड गाउँपालिका प्राप्त गरेको छ । 


यसैगरी वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो भएको हो । वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ८९ प्रतिशत, चंखेली ७१ दशमलब ५०, नाम्खा ७० दशमलब ५०, खार्पुनाथ ७० दशमलब ५०, सर्केगाड ६८ प्रतिशत, अदानचुली ५३ दशमलब ५० प्रतिशत र ताँजकोट गाउँपालिकाले ५० प्रतिशत प्राप्त गरेका हुन् । उक्त दुई वटै मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो बनेपछि यसको कार्यशैली र व्यवस्थापनका बारेमा चर्चा हुन थालेको छ । पहिलो गाउँपालिका बन्नुमा सङ्घीय सरकारबाट प्राप्त बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास र कर्मचारीको सहयोग मुख्य रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।