नेभिगेशन
समाज

स्थानीय तह संस्थागत क्षमता र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिला

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाले हालै मात्र सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन  र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको हो । आर्थिक वर्ष २०८०÷०८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ९६ प्रतिशत, खार्पुनाथ गाउँपालिकाले ९४ दशमलब ५० प्रतिशत, ताँजकोट गाउँपालिका ९४ दशमलब २५, नाम्खा गाउँपालिकाले ९४ प्रतिशत, अदानचुली गाउँपालिकाले ९० दशमलब ५०, चंखेली गाउँपालिकाले ८४ दशमलब ५०, र सर्केगाड गाउँपालिकाले ८३ दशमलब २५ प्रतिशत प्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सबैभन्दा कम प्रतिशत सर्केगाड गाउँपालिका प्राप्त गरेको छ । 


यसैगरी वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो भएको हो । वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ८९ प्रतिशत, चंखेली ७१ दशमलब ५०, नाम्खा ७० दशमलब ५०, खार्पुनाथ ७० दशमलब ५०, सर्केगाड ६८ प्रतिशत, अदानचुली ५३ दशमलब ५० प्रतिशत र ताँजकोट गाउँपालिकाले ५० प्रतिशत प्राप्त गरेका हुन् । उक्त दुई वटै मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो बनेपछि यसको कार्यशैली र व्यवस्थापनका बारेमा चर्चा हुन थालेको छ । पहिलो गाउँपालिका बन्नुमा सङ्घीय सरकारबाट प्राप्त बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास र कर्मचारीको सहयोग मुख्य रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै