नेभिगेशन
समाज

जिल्लाका विभिन्न गाउँपालिकामा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइयोे


सिमकोट ।  तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको भन्दै नेकपा माओबादी केन्द्रले हरेक फागुन १ गतेका दिनलाई जनयुद्ध दिवश मनाउने गरीरहेको छ । सदरमुकाम सिमकोटमा नेकपा माओवादी पाटी कार्यालयमा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । सोही अनुसार हुम्लामा पनि सबै गाउँपालिकामा माओबादी केन्द्रले जनयुद्ध दिवश मनाएको पाइएको छ । 
सदरमुकाम सिमकोटमा पनि नेकपा माओवादी पाटी कार्यालयमा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र सिमकोट गाउँपालिकाका अध्यक्ष ताक्ला जिक्मेत लामा(मुस्कान)को अध्यक्ष्ता र केन्द्रिय सदस्य बिशाल बोहराको प्रमुख अतिथिमा यो दिवस मनाइएको प्रेस सेन्टर हुम्लाका अध्यक्ष तिलसरा बिकले जानकारी दिनुभएको छ । ३० औँ जनयुद्ध दिवसको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरी महान बिर सहिदहरुको फोटोमा अबिर र माला लागएर यो दिवस मनाइएको जानकारी प्राप्त भएको छ । दिवसको अवसरमा पाटीे शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हालको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा परिचर्चा गरिएको छ ।
यस्तै सिमकोट गाउँपालिका वडा नम्बर एक र दुई ठेहेमा आज ३० औं ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाइएको छ । वडा कमिटी दुईका अध्यक्ष हरिसिंह बोहराको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कृष्ण बोहराको प्रमुख आथित्यमा आज फागुन एक गते जनयुद्ध दिवस मनाइएको छ । ३० औँ जनयुद्ध दिवश भब्य रुपमा मनाएको प्रेस सेन्टरका केन्द्रिय सचिव अर्जुन बोहराले जानकारी दिनुभएको छ । ३० औं ‘जनयुद्ध दिवस सिमकोटको ठेहे गाउँको साविकको वडा नम्बर एकदेखी छ वडाका महिलाहरुले देउडा खेलमा सहभागिता जनाएको सचिव बोहराले बताउनुभएको छ । देउडा खेलमा भाग लिएका महिलाहरुलाई पुरस्कार सहित सरसफाईका सामाग्री नुहाउने साबुन,ब्रस मञ्जन, वितरण गरिएको छ ।

साथै सहिद परिवारलाई सम्मान सहित सम्मान पत्र सहित एक केजी चिनी एक पोका खाने तेल वितरण गरिएको सचिव बोहराले जानकारी दिनुभएको छ । यसैगरी सर्केगाड गाउँपालिकाको वडा नम्बर ८ को राहदेवमा पनि उक्त दिवस मनाएको जानकारी प्राप्त भएको छ । राहदेवमा समाजवादी मोर्चाको सयुक्त रुपमा जनयुद्ध दिवस मनाएको हो ।  खार्पुनाथ गाउपालिकाको वडा नम्बर ५ को दुर्पामा पनि चियापन कार्यक्रम र देउडा खेल खेलेर मनाइएको दुर्पाबाट सिहंबिर बुढाले जानकारी दिनुभएको छ । यसैगरी जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकामा पनि   ३० औँ जनयुद्ध दिवश भव्य रुप मनाएको जनकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै