नेभिगेशन
समाज

हुम्लामा यात्रुका लागि नयाँ भाडादर लागु भयो तर कार्यान्वयन भएन

सिमकोट । हिमाली जिल्ला हुम्लामा सञ्चालन हुँदै आएका सवारीसाधनको  भाडादर कार्यान्वयन नभएको पाहिएको छ ।  आफ्नो मनलाग्दी यात्रुबाट असुल्दै हुम्लाको सदरमुकाम सिमकोटदेखि विभिन्न स्थानका रुडमा सञ्चालन हुँदै आएका सवारी साधनका लागि नयाँ भाडादर कायम भएपनि कार्यान्वयन उल्लङ्घन भइरहेको पाइएको छ । केही दिन अगाडी मौखीक सहमतीमा प्रतिकिलोमिटर रु ३७ रुपैयाँ लिने भनिए पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ ।

सिमकोट खार्पुदेखि सञ्चालन हुँदै आएका यातायातले आफ्नो अनुकुल यात्रुबाट भाडादर लिने गरेका छन् । नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भएपनि व्यवसायीले अझै यात्रुबाट बढी भाडा असुल्ने गरेका छन् । खार्पु सिमकोट रुटमा सहमती अनुसार रु साढे चार सय लाग्ने भएपनि सवारी चालकले रु ७ सय देखि ८ सय सम्म लिने गरेको यात्रुको गुनासो छ ।

सिमकोट खार्पुदेखि सञ्चालन हुँदै आएका सवारी चालकहरुले बढी भाडा लिने गरेको पाइएको छ । प्रशासनले मौखीकरुपमा भनेर नहुँने भन्दै पुरानै आफुहरुले लिदैँ आएको भाडा लिने गरेका हुन् । जिल्ला प्रशासनले भन्दै लागु नुहने भन्दै यात्रुलाई बढी भाडा लिएर थर्काउने समेत गरेको यात्रुको गुनासो छ । यस्तै ठेहे सिमकोट, डाडाफया सिमकोट लगायतका रुढमा यातायात व्यवसायीले भाडा कार्यान्वयनमा नल्याएर बढी असुल्दै आएका छन् । यसले गर्दा यात्रुहरु ठगिदै आउने गरेका छन् ।

नयाँ भाडादर कायम भए पनि यातायात व्यवसायीले बढी भाडादर लिनुका साथै यात्रुको गुनासोमा ट्राफिक प्रहरीले चासो समेत नदिएको पाइएको छ । सवारी साधनमा नयाँ भाडादर रेड राख्नु पर्ने र पूर्णरुपमा कार्यान्वयनमा ल्याउनका लागि प्रशासनले अुनगमनलाई कडाइ गर्न आवश्यक देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै