नेभिगेशन
समाज

हुम्लामा उडान भर्ने जहाजमा यात्रु पाउन मुस्किल सिमकोटदेखि खाली उडान भर्दै

सिमकोट । यतिबेला नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी जहाजलाई यात्रु पाउन मुस्किल भएको छ । दुई हप्ता यतादेखि नेपालगञ्जबाट यात्रु लिएर गएका जहाजले सिमकोटबाट खाली उडान भर्नु पर्ने बाध्यता जस्तै बनेको छ । सिमकोटदेखि नेपालगञ्ज, काठमाण्डौँ लगायतका शहरमा झर्ने यात्रु कोही नहुँदा मुस्किलले दैनिक एक उडान गरेका जहाजले एक, दुई जना यात्रु बोकेर फिर्ता हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ । नेपालगञ्जबाट नुन, कार्गो, यात्रु लगायत लिएर सिमकोट पुगेका सीता, तारा, समिटले फिर्ता हुँदा खाली भएर आउनु पर्ने अवस्था आएको छ ।

कुनै बेला सिमकोट विमानस्थलमा जिल्ला बाहिर झर्ने यात्रुको निकै चाप हुने भएपनि यो समय यात्रु खोज्न यि एयरलाइन्सका कर्मचारीले बजार धाउने गरेका छन् । सदरमुकाम सिमकोटदेखि गाडीले नेपालगञ्ज, सुर्खेतसम्म यात्रु ओसार्ने भएका कारण पनि जहाजलाई यात्रु पाउन मुस्किल हुँदै आएको छ । यो समय प्राय यात्रु जिल्ला बाहिर नझर्ने भएकाले पनि निजी जहाजलाई यात्रु पाउन मुस्किल भएको हो । साथै खार्पुसम्म सडक नजोडिदा विभिन्न निर्माण, दैनिक उपभोग्ये, खाद्यन्न, लगायतका सामग्री जहाजबाट ढुवानी हुने गरेपनि पछिल्लो समय ठुल्ठुला ट्क, गाडीले नेपालगञ्ज, सुर्खेतबाट सिधैँ ढुवानी गर्ने भएका कारण पनि जहाजको पछिल्लो समय महत्व घट्दै गएको छ ।

खार्पुनाथ देखि दक्षिण भेगका गाउँपालिकाका सबै जसो नागरीकलाई गाडी मार्फत पैदल आउने भएकाले पनि सिमकोटमा यतिबेला जिल्ला बाहिरिने यात्रुको चाप घटेको हुन सक्ने सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । पर्यटकको पनि सिजन नभएकाले पनि जहाजलाई यात्रु पाउन मुस्किल हुने गरेको छ । नेपालगञ्जमा भने यात्रुलाई सिमकोट पुग्न यतिबेला टिकट पाउन मुस्किल भएको छ ।

विभिन्न निजी एयरलाइन्सको कार्यालयमा धाउदा पनि सिमकोटका लागि टिकट नपाउने गरेको नेपालगञ्ज विमानस्थलमा भेटिएका यात्रुको गुनासो छ । साथै सीता, समिट र तारा एयरले सिमकोटमा सौलियतमा रु नौ हजार एक सयमा यात्रुबाट भाडा लिने पनि विचमा दलाली लागेर १४ हजार समेत लिने गरेको जनगुनासो आएको छ ।

images-(1)-1739626361.jpg
Simkot_airport_Humla-_mTamkUrw541630053703-1739626694.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै