नेभिगेशन
समाज

प्रेस चौतारी कर्णाली प्रदेशमा हुम्लाका परियार सचिव, हमाल सदस्य

सिमकोट । फागुन तीन र चार गते भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको खुल्ला सचिव पदमा हुम्लाका सुरेश परियार र सदस्य खुल्लामा पदमराज हमाल सर्वसम्मत हुनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार विहान सम्पन्न दोस्रो अधिवेशनबाट परियार प्रदेश सचिवमा र हमाल प्रदेश कमिटी सदस्यमा सर्वसम्मत भएको प्रेस चौतारी हुम्लाका अध्यक्ष दाने बोहराले बताउनुभयो । साथै प्रदेश कमिटी अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ नेतृत्व बनेको हो । यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही र कोषाध्यमा गिता थापा (सुर्खेत) सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र कोषाध्यमा गिता थापा (सुर्खेत) चयन हुनुभएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।