नेभिगेशन
समाज

    भ्रष्टचार व्यथितीका विरुद्ध समाजवादी मोर्चाको अभियान सञ्चालन हुने

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका तीन दलीय समाजवादी मोर्चा गठन भएको छ । ज्ञान बहाुर शहीको प्रमुख आथित्यमा र कमलसिह बुढाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका स्तरीय समाजवादी मोर्चा गठन भएको जानकाररुी प्राप्त भएको छ । आइतबार गठन भएको समाजवादी मोर्चाले खार्पुनाथ गाउँपालिकाको शिक्षा, स्वास्थय, सञ्चार लगायतका बारेमा यो मोर्चाले आवाज उठान गर्ने भएको मन्दिर ऐडीले जानकारी दिनुभयो । 
यस्तै यो मोर्चाले कर्मचारी खटन पटन, नियुक्ती, बढुवा, सरुवा लगायतका विषयमा छानविन गरिने निर्णय गरिएको बताइएको छ । त्यसैगरी गाउँपालिकामा भएका विक्रीती विसनर््ंगती, भ्रष्टचार लगायतका विषयमा पनि आवाज उठाइने भएको छ । 
साथै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधिहरुको सम्पति छानविनका लागि समेत पहल गरिनुका साथै छानवीन गरेर अगाडी बढाइने भएको छ । 
गाउँपालिकामा हुने नराम्रा कामका लागि राम्रो गर्न व्यापक विरोध र संघर्षका कार्यक्रम गरिने भएको बताइएको छ । 
गाउँपालिकामा आएको विकास बजेटमा भ्रष्टचार गरेको पाइएमा प्रमाण सहित कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने निर्णय समेत भएको बताइएको छ । गाउँपालिकामा रहेका प्रत्येक वडामा कृषि उत्पादनलाई पहिलो प्रथामिकताका साथ जोड दिइने भएको पनि बताइएको छ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी गरी दिन दलको खार्पुनाथमा समाजवादी मोर्चा गठन भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।