नेभिगेशन
समाज

    भ्रष्टचार व्यथितीका विरुद्ध समाजवादी मोर्चाको अभियान सञ्चालन हुने

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका तीन दलीय समाजवादी मोर्चा गठन भएको छ । ज्ञान बहाुर शहीको प्रमुख आथित्यमा र कमलसिह बुढाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका स्तरीय समाजवादी मोर्चा गठन भएको जानकाररुी प्राप्त भएको छ । आइतबार गठन भएको समाजवादी मोर्चाले खार्पुनाथ गाउँपालिकाको शिक्षा, स्वास्थय, सञ्चार लगायतका बारेमा यो मोर्चाले आवाज उठान गर्ने भएको मन्दिर ऐडीले जानकारी दिनुभयो । 
यस्तै यो मोर्चाले कर्मचारी खटन पटन, नियुक्ती, बढुवा, सरुवा लगायतका विषयमा छानविन गरिने निर्णय गरिएको बताइएको छ । त्यसैगरी गाउँपालिकामा भएका विक्रीती विसनर््ंगती, भ्रष्टचार लगायतका विषयमा पनि आवाज उठाइने भएको छ । 
साथै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधिहरुको सम्पति छानविनका लागि समेत पहल गरिनुका साथै छानवीन गरेर अगाडी बढाइने भएको छ । 
गाउँपालिकामा हुने नराम्रा कामका लागि राम्रो गर्न व्यापक विरोध र संघर्षका कार्यक्रम गरिने भएको बताइएको छ । 
गाउँपालिकामा आएको विकास बजेटमा भ्रष्टचार गरेको पाइएमा प्रमाण सहित कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने निर्णय समेत भएको बताइएको छ । गाउँपालिकामा रहेका प्रत्येक वडामा कृषि उत्पादनलाई पहिलो प्रथामिकताका साथ जोड दिइने भएको पनि बताइएको छ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी गरी दिन दलको खार्पुनाथमा समाजवादी मोर्चा गठन भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन