नेभिगेशन
समाज

    हुम्लाको सिमकोटमा डेमो प्रदर्शन 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा मंगलबार दिउँसो कृति अभ्यास प्रदर्शन गरिएको छ । नागरीकलाई सचेत गराउनका जिल्लास्थित तीनवटै सुरक्षा निकायले डेमो (कृतिम) अभ्यास सञ्चालन गरेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आथित्यमा सिमकोट तल्लो बजारमा रहेको सिमसार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मिलेर संयुक्तरुपमा कृतिम अभ्यास गरिएको जानकारी प्राप्त भएको छ । यो समय सुख्खा याम हुनुका साथै आगलागी, डडेलो लगायतका घट्ना बढी हुने भएकाले आम नागरीकमा सुचित गर्नका लागि डेमो प्रदर्शन गरिएको बताइएको छ ।

सिमसार क्षेत्रमा भएको डेमो प्रदर्शनमा आगलागी नियन्त्रण, डढेलो नियन्त्रण, ग्याँस सिलिण्डरबाट आगलागी हुँदा आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने लगायतका विषयमा प्रदर्शन गरिएको जानकारी प्राप्त भएको छ । आजै भएको डेमो प्रदर्शनमा गर्नुका कारण र यसबाट हुने क्षतिका बारेमा प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको थियो । हुम्ला मात्रै नभएर देशभर पछिल्लो समय आगलागी, ग्यास सिलिण्डरबाट घट्नाहरु दिनहुदिन बढ्दै गएपछि सबै सचेत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । यस्ता घट्नाबाट पूर्वधारका क्षति, आगलागी, डढेलो भएर हुम्लामा बढ्दै गएपछि सबै सचेत हुनु पर्ने बताउनुभयो । जिल्लामा हुने विपतका घट्ना हुन नदिन यदि भएमा तत्काल खोज, उद्धार, राहतका कार्यलाई प्रभावकारी बनाउनका लागि कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो ।

 आजै भएको कृतिम अभ्यासमा नेपाली सेना वहारा दल गुल्मका गुल्मपति सेनानी सन्तोष अधिकारी, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्मका गुल्मपति देवराज राई, नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत सहित सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकार वाला निकायको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।