नेभिगेशन
समाज

    हुम्लाको सिमकोटमा डेमो प्रदर्शन 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा मंगलबार दिउँसो कृति अभ्यास प्रदर्शन गरिएको छ । नागरीकलाई सचेत गराउनका जिल्लास्थित तीनवटै सुरक्षा निकायले डेमो (कृतिम) अभ्यास सञ्चालन गरेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आथित्यमा सिमकोट तल्लो बजारमा रहेको सिमसार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मिलेर संयुक्तरुपमा कृतिम अभ्यास गरिएको जानकारी प्राप्त भएको छ । यो समय सुख्खा याम हुनुका साथै आगलागी, डडेलो लगायतका घट्ना बढी हुने भएकाले आम नागरीकमा सुचित गर्नका लागि डेमो प्रदर्शन गरिएको बताइएको छ ।

सिमसार क्षेत्रमा भएको डेमो प्रदर्शनमा आगलागी नियन्त्रण, डढेलो नियन्त्रण, ग्याँस सिलिण्डरबाट आगलागी हुँदा आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने लगायतका विषयमा प्रदर्शन गरिएको जानकारी प्राप्त भएको छ । आजै भएको डेमो प्रदर्शनमा गर्नुका कारण र यसबाट हुने क्षतिका बारेमा प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको थियो । हुम्ला मात्रै नभएर देशभर पछिल्लो समय आगलागी, ग्यास सिलिण्डरबाट घट्नाहरु दिनहुदिन बढ्दै गएपछि सबै सचेत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । यस्ता घट्नाबाट पूर्वधारका क्षति, आगलागी, डढेलो भएर हुम्लामा बढ्दै गएपछि सबै सचेत हुनु पर्ने बताउनुभयो । जिल्लामा हुने विपतका घट्ना हुन नदिन यदि भएमा तत्काल खोज, उद्धार, राहतका कार्यलाई प्रभावकारी बनाउनका लागि कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो ।

 आजै भएको कृतिम अभ्यासमा नेपाली सेना वहारा दल गुल्मका गुल्मपति सेनानी सन्तोष अधिकारी, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्मका गुल्मपति देवराज राई, नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत सहित सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकार वाला निकायको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै