नेभिगेशन
समाज

हुम्लामा पनि मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइएको छ । सिमकोट बजारमा र्याली निकालेर जिल्ला समन्वय समितिको सभाहलमा कोणसभा भएर मनाइएको जानकारी प्राप्त भएको छ । जिल्ला समन्वय समितिका कार्यबाहक समन्वय समितिका प्रमुख दिफ भण्डारीको प्रमुख आथित्यमा र प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अध्यक्षतामा हुम्लामा पनि उक्त दिवस मनाइएको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा जिल्लाको मूलसमारोह समितिले आयोजना गरेको विशेष यो दिवसमा विभिन्न राजनितीक दलका प्रमुख प्रतिनिधि, नागरीक, स्थानीय, सहित सांकृतिक कार्यक्रम समेत भएको थियो । आजै भएको ७५ औँ प्रजातन्त्र दिवसमा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम), नेपाली कांग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारी, नेकपा एमालेका जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति नरजीत परियार, राप्रपा हुम्लाका अधयक्ष विकास महत, जिल्लास्थित विभिन्न सुरक्षा निकाय प्रमुख प्रतिनिधि लगायतको उपस्थित रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै विभिन्न राजनितीक दलका प्रतिनिधिहरुले आफ्नो शुभकामना दिनुभएको थियो । उक्त अवसरमा राष्ट्रिय गान प्रस्तुति, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । लामा समुदायका महिलाले पुरानो पहिरन ठाइकोर, अन्य महिलाहरुले आफ्नो संस्कारको पोशाकमा सजिएका थिए । भने देउडा माफर्त विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गरिएको थियो । उक्त दिवसमा देउडा कार्यक्रममा सहभागी महिला देउडा खेलाडीलाई रु पाँच सयका दरले खाजा स्वरुप सहयोग गरिएको जानकारी प्राप्त भएको छ । साथै वडा नम्बर एक, चार, पाँच र ६ का महिलाले आफ्नो सहभागीता जनाएका थिए । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ । 

9a24a828-8991-4e45-ae79-77d5d53c037f-1739970639.jpg
3b26f204-76cb-482a-af1d-62ce4ed5fbc8-1739970642.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।