नेभिगेशन
समाज

जेष्ठ नागरिक र बित्पन्नलाई कम्मल सहयोग

सिमकोट ।  जेष्ठ नागरिक, बित्पन्नलाई कम्बल र न्यानो सल सहयोग गरिएको छ । जीवन बिमा कम्पनी सुर्यज्योति लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो । 
सिमकोट गाउँपालिका–१ को ठेहे गाउँका जेष्ठ नागरिक, एक महिला र बित्पन्नलाई कम्बल र सल सहयोग गरिएको वडा अध्यक्ष गोर्ख बहादुर लामाले बताए ।

हिउदको समयमा ती नागरिकलाई चिसोबाट जोगाउनका लागि कम्पनीबाट प्राप्त कम्बल र सल गाउँ मै पुगेर बितरण गरिएको होे । यसबाट जेष्ठ नागरिक र बित्पन्नको जीवन सुरक्षामा बिमा कम्पनी लाग्नु सकरात्मक कार्य भएको बताउदै उनले जिल्लामा लागु भएका अन्य बिमा कम्पनीहरुले पनि यस्ता सहयोग दुर्गमका गाउँमा पुर्याउनु पर्ने बताए । कम्पनीका अप्रेशन इन्चार्ज लोग भण्डारीले यस वर्षबाट कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग प्रदान गरेको बताए ।

बिमाको जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका बिमा कम्पनीले सर्वसाधारणको जीवन रक्षाका लागि काम गर्न सुरु गरेको बताउदै उनले यो जिल्ला मै पहिलो प्रयास भएको जानकारी दिए । उनले चौवालीस जना जेष्ठ नागरिक, एकल महिला र बित्पन्न नागरिकलाई यो सहयोग गरिएको बताए । जसमा ३१ कम्बल र १३ वटा सल सहयोग गरिएको छ । कम्पनीले सिमकोट गाउँपालिका– १ को ठेहे बस्ती छनौट गरेर ती न्यानो कपडा बितरण गरेको हो । कम्बल पाएपछि ठेहेका स्थानीय कालु भण्डारीले सर्वसाधरणाले घर मै बसी बसी न्यानो कपडा पाउनु सकरात्मक कार्य भएको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। यसरी कम्बल र सल पाउने अधिकाँस महिला रहनु भएको छ । कम्पनीले कम्बल र सल खरिद गरेर शाखा कार्यालयमा पठाएको थियो कम्पनीको हुम्ला शाखाको आयोजनामा शुक्रबार यी सामान बितरण गरिएको हो ।

a130428a-e23d-488a-8c75-cdc4d2e5f78d-1740142714.jpg
9cbe5a2c-0663-4485-9021-f2a44ebaae6a-1740142496.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।