नेभिगेशन
समाज

 नेपाल बुद्धिजीवी परिषद हुम्लाको अध्यक्षमा रोकाया 

  सिमकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) हुम्लाको नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमितले नयाँ नेतृत्व चयन गरेको छ । बुद्धिजीवी परिषद जिल्ला कार्य समितको अध्यक्षमा लालकेशर रोकाया सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा जान बहादुर जेठारा, सचिवमा तीर्थराज भण्डारी, सह–सचिवमा शंख कार्की र कोषाध्यक्षमा सम्झना रोकाया गरि १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको जानकारी प्राप्त भएको छ ।

छैटौं जिल्ला अधिवेशनबाट दिनेश नेपाली, रतन बहादुर हमाल लगायत सदस्यमा चयन गरिएको जानकारी प्राप्त भएको छ । जिल्लाका सातवटै स्थानीय तहबाट समग्रहमा प्रतिनिधित्व हुने गरि नेपाल बुद्धिजीवी परिषद हुम्लाको कार्यसमितिमा चयन गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

परिषदका निवर्तमान अध्यक्ष नेत्रलाल हमालको अध्यक्षतामा र नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्य, जिल्ला पार्टी सचिव तीर्थराज बोहराको विशेष आथित्यमा छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी बताइएको छ। यस्तै उक्त कार्यक्रममा जिल्ला स्थित पार्टी नेता कार्यकर्ता लगायतको उपस्थित रहेको थियोे ।

9cb30f7d-2973-4b4e-b585-4296d861dcce-1740149525.jpg
48f54ef1-a37d-4f7f-acad-33591e4d8635-1740141129.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै