नेभिगेशन
समाज

 नेपाल बुद्धिजीवी परिषद हुम्लाको अध्यक्षमा रोकाया 

  सिमकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) हुम्लाको नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमितले नयाँ नेतृत्व चयन गरेको छ । बुद्धिजीवी परिषद जिल्ला कार्य समितको अध्यक्षमा लालकेशर रोकाया सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा जान बहादुर जेठारा, सचिवमा तीर्थराज भण्डारी, सह–सचिवमा शंख कार्की र कोषाध्यक्षमा सम्झना रोकाया गरि १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको जानकारी प्राप्त भएको छ ।

छैटौं जिल्ला अधिवेशनबाट दिनेश नेपाली, रतन बहादुर हमाल लगायत सदस्यमा चयन गरिएको जानकारी प्राप्त भएको छ । जिल्लाका सातवटै स्थानीय तहबाट समग्रहमा प्रतिनिधित्व हुने गरि नेपाल बुद्धिजीवी परिषद हुम्लाको कार्यसमितिमा चयन गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

परिषदका निवर्तमान अध्यक्ष नेत्रलाल हमालको अध्यक्षतामा र नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्य, जिल्ला पार्टी सचिव तीर्थराज बोहराको विशेष आथित्यमा छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी बताइएको छ। यस्तै उक्त कार्यक्रममा जिल्ला स्थित पार्टी नेता कार्यकर्ता लगायतको उपस्थित रहेको थियोे ।

9cb30f7d-2973-4b4e-b585-4296d861dcce-1740149525.jpg
48f54ef1-a37d-4f7f-acad-33591e4d8635-1740141129.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।