नेभिगेशन
समाज

हुम्लामा  मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

सिमकोट । “स्वच्छ र प्रतिस्पर्धि बजार, गुणस्तरिय बस्तुको बिक्री बितरण ,बिश्व उपभोक्ता दिवस भब्यरुपमा मनाऔ , उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मुल नाराका साथ आज विश्व उपभोक्ता दिवस मनाइएको छ । बिश्व उपभोक्ता दिवसको अवसरमा ¥याली निकाल्दै लोकतान्त्रिक चोकमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले बताउनुभयो ।     
हुम्ला जिल्लाको सिमकोट बजारमा रहेको लोकतान्त्रिक चोक बाट उपभोक्ता अधिकार सम्बन्धी ब्यानर तथा प्लेकार्ड सहित  निकालिएको ¥यालीे तल्लो बजार, खेलकुद मैदान हुदै पुर्न लोकतान्त्रिक चोकमा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । ¥याली निकालिएका सबै प्ले कार्डमा उपभोक्ताका हक अधिकारीहरु लेखिएका थिए ।
¥यालीपछि अन्तरक्रिया कार्यक्रममा परिणत भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले दिवसको नारालाई सार्थक तुल्याउन उपभोक्ताका हक अधिकारका लागि बनेका ऐन सुनुवाइलाई कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने बताए ।
प्रमुख पाण्डेका अनुसार अमेरिकी पुर्व राष्ट्रपति जोन एफ केनेडीले चार वटा कुरा प्रस्तुत गरे अनुसार  सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई मध्य नजर गर्दै हरेक उपभोक्ताको हक हित अधिकार सुनक्षित होस भन्ने उदेश्ले बिश्वकै उपभोक्ताको   सुनक्षित हुनु पर्छ  कुनै पनि उपभोक्ताले उपभोक गरेको सामग्रिबाट  उसको मानविय स्वाथ्यमा असर हुनु हुदै  त्यसैले यो कानुन   अन्तराष्ट्रि स्तरमा  कार्यान्वयनमा आउनु पर्छ लागु हुनु पर्छ भन्ने सन्देस सहित हामिले आज यो बिश्व उपभोक्रा दिवसको कार्यक्रम मनाउनु पर्ने जानकारी गराए । 
हरेक  जो ब्यक्ति बजारमा समान किन्न जान्छ किनेका समानमा म्याद नागेको हुनु भएन, त्येसको लेबल लगाको हुनु पर्यो ,त्यसको गुणस्तरियको सुनक्षिता हुनु पर्यो , उचित त्यसको मूल्य हुनु पर्याे र हरेक बजारको पसलमा मूल्य सूचि राख्नु र हरेक ब्यापारीहरुले आफ्नो पसलको बिल जारी गर्नु पर्यो र समान किन्दा खेरी हरेक उपभोकताहरुले बिल अनिबारे रुपमा लिने लगायत कुराहरु समेत जानकारी गराउनु भएको  थियो  ।  
साथै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मार्च १५ गते अर्थात आज चैत २ गतेका दिनबाट नेपालमा कानुनि व्यवस्था अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ बनेको ६ वर्षपछि आज उपभोक्ता अदालत स्थापना हुने भएको जानकारी समेत गराउनु भएको तिथो । 
यस्तै  उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले पहिलेको तुलना भन्दा अहिले उपभोक्ता सजक हुनु पर्ने समेत बताएका छन् । उनका अनुसार अबका दिन देखि बजार अनुगमन लाई तिब्र पारिने बताए । उनले भने, गुणस्तरीय बस्तु बिक्री वितरणमा सबैको चासोको बिषय रहेको समेत जनकारी गराउनु भएको थियो ।
 यस्तै नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले उद्योग वाणिज्य संघ , उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रसासन कार्यालय र सिमकोट गाउँपालीका र प्रत्रकार महासंघले नियमित अनुगमानको क्रममा उपभोग्य सामानहरु म्याद वा सिमा नाघेका समान, नाप तौल र पसलको स्टोरका समान निकै अखाद्य बस्तुहरु अत्यान्तै बढी देखिएकोले नियन्त्रणमा लिन सुझाव दिएका थिए ।
सचिव सिंहले म्याद गुज्रिएका समान  बिक्रि वितरण पनि भइ रहेको भए पनि सरोकारवाला निकायले उक्त व्यथितिलाई नियन्त्रणमा नलिएको उल्लेख गरे । कार्यक्रममा मात्रै समिति गरौ भन्ने खालको नभएर आजबाट कडाईका साथ निगरानि गर्नु पर्ने सिंहले जोड दिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारयण पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शंकर पोखरेल, उद्योग वाणिज्य संघ हुम्ला अध्यक्ष राम बहादुर भण्डारी, खाध्य व्यवस्था तथा व्यापार कम्पनीका सुब्वा नविन आचार्य, प्रत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्ट  लगायत सञ्चारकर्मिहरुको  उपस्थीत रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।