नेभिगेशन
समाज

हुम्लामा ९१ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

सिमकोट । हिमाली जिल्ला हुम्लामा फागुन १८ गते आइतबारबाट सञ्चालन भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप ९१ प्रतिशत किशोरीले लगाएका छन् । फागुन १८ गतेदेखि फागुन महिनाको २९ गतेसम्म सञ्चालन भएको उक्त खोप अभियानमा हुम्लाका तीन हजार, एक सय, ९३ किशोरीले एचपीभी खोप लगाएको जानकारी प्राप्त भएको छ । 

  यस्तै उत्तरी नाम्खा गाउँपालिकामा  दुई सय २७, सिमकोट गाउँपालिकामा सात सय ८४, खार्पुनाथ तीन सय ४५, सर्केगाड ६ सय २५, चंखेली दुई सय ६२, अदानचुली पाँच सय ७२ र ताँजकोट गाउँपालिकामा तीन सय ७८ किशोरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको जानकारी प्राप्त भएको छ । जिल्लामा खोप कभरेज सबैभन्दा कम उत्तरी नाम्खा र दक्षिणको चंखेलीमा भएको छ भने सबैभन्दा बढी कभरेज सिमकोट गाउँपालिकामा भएको छ । 

   जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमी बाहेक जिल्लाका अन्य सबै वडामा दशदेखि १४ वर्ष उमेर समुहका लक्षित किशोरीलाई खोप लगाइएको खोप समन्वय समितिका संयोजक प्रेम पाण्डेले जानकारी दिनुभयो । लिमीमा खोप लिएर जानका लागि हिल्सा, यारी र न्यालु लेख हिउँ बाटो अवरुद्ध भएका कारण जान नसकिने हुँदा २०८२ को बैशाख महिनामा मात्रै उक्त खोप अभियान सञ्चालन हुने भएको संयोजक पाण्डेले बताउनुभयो । जिल्लाका अन्य ४३ वटै वडामा एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको उहाँको भनाई थियो । 

   देशभर यो खोप अभियान माघ २२ गतेदेखि सञ्चालन भएर फाुग ६ गते सम्पन्न भएपनि यहाँका विद्यालय हिउँदे विदामा भएका कारण यो समयमा खोप अभियान भएको हो । हुम्लाका विद्यालय हिउँदको महिना चिसोका कारण हिउँदे विदासँगै पुस महिनाबाट शैक्षिकसत्र सकिएर बन्द भइ पुन फागुनबाट नयाँ शैक्षिक सत्र समेत हुने गर्दछ । फागुनबाट नयाँ शैक्षिक सत्र हुनुका साथै चिसो विस्तारै कम हुँदै गएपछि एचपीभी खोप अभियान सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...