नेभिगेशन
समाज

हुम्लामा ९१ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

सिमकोट । हिमाली जिल्ला हुम्लामा फागुन १८ गते आइतबारबाट सञ्चालन भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप ९१ प्रतिशत किशोरीले लगाएका छन् । फागुन १८ गतेदेखि फागुन महिनाको २९ गतेसम्म सञ्चालन भएको उक्त खोप अभियानमा हुम्लाका तीन हजार, एक सय, ९३ किशोरीले एचपीभी खोप लगाएको जानकारी प्राप्त भएको छ । 

  यस्तै उत्तरी नाम्खा गाउँपालिकामा  दुई सय २७, सिमकोट गाउँपालिकामा सात सय ८४, खार्पुनाथ तीन सय ४५, सर्केगाड ६ सय २५, चंखेली दुई सय ६२, अदानचुली पाँच सय ७२ र ताँजकोट गाउँपालिकामा तीन सय ७८ किशोरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको जानकारी प्राप्त भएको छ । जिल्लामा खोप कभरेज सबैभन्दा कम उत्तरी नाम्खा र दक्षिणको चंखेलीमा भएको छ भने सबैभन्दा बढी कभरेज सिमकोट गाउँपालिकामा भएको छ । 

   जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमी बाहेक जिल्लाका अन्य सबै वडामा दशदेखि १४ वर्ष उमेर समुहका लक्षित किशोरीलाई खोप लगाइएको खोप समन्वय समितिका संयोजक प्रेम पाण्डेले जानकारी दिनुभयो । लिमीमा खोप लिएर जानका लागि हिल्सा, यारी र न्यालु लेख हिउँ बाटो अवरुद्ध भएका कारण जान नसकिने हुँदा २०८२ को बैशाख महिनामा मात्रै उक्त खोप अभियान सञ्चालन हुने भएको संयोजक पाण्डेले बताउनुभयो । जिल्लाका अन्य ४३ वटै वडामा एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको उहाँको भनाई थियो । 

   देशभर यो खोप अभियान माघ २२ गतेदेखि सञ्चालन भएर फाुग ६ गते सम्पन्न भएपनि यहाँका विद्यालय हिउँदे विदामा भएका कारण यो समयमा खोप अभियान भएको हो । हुम्लाका विद्यालय हिउँदको महिना चिसोका कारण हिउँदे विदासँगै पुस महिनाबाट शैक्षिकसत्र सकिएर बन्द भइ पुन फागुनबाट नयाँ शैक्षिक सत्र समेत हुने गर्दछ । फागुनबाट नयाँ शैक्षिक सत्र हुनुका साथै चिसो विस्तारै कम हुँदै गएपछि एचपीभी खोप अभियान सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार हुम्लामा कुनैपनि राजनितिक दलले १० वडा झण्डा भन्दा बढी प्रयोग गर्न नपाइने र कुनै र्यालीमा २५ जनाको मात्र सहभागिता गराउनु पर्ने...
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
भर्खरै