नेभिगेशन
समाज

अवैध चिनियाँ मदिरा बरामद

 सिमकोट। हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । जिल्लाको उत्तरी क्षेत्रबाट सदरमुकाम सिमकोटमा भित्रिदै गरेको चिनियाँ मदिरा शनिबार राति बरामद गरि आइतबार दिउँसो सदरमुकाम सिमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । 


व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको २६ कार्टुन चिनियाँ मदिरा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । एक कार्टुनमा बाह्र बोतल चिनियाँ मदिरा हुने गरेको छ । सदरमुकाम सिमकोटमा प्रति बोतल मदिराको रु पाँच सय पर्ने गरेको छ । २६ कार्टुनमा ३ सय, बाह्र बोतल चिनियाँ मदिरा रहनुका साथै रु एक लाख, पचास हजार रुपियाँ बराबरको मदिरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 


चिनियाँ मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनाले बरामद गरिएको हो । हुम्लामा चिनियाँ मदिरा ९झिनिगिन्टी० लाई अवैध मानिदै आएको छ । चिनियाँ मदिरा हिल्सा, लिमि लाप्चा, चुवाखोला, नेक्पाको टाके लगायतका नाकाबाट यहाँका स्थानीय व्यापारीले छुकिछिपी गरेर ल्याउने गरेका छन् । वर्षाको ६ महिना चीनसँग जोडिएका नाका खुलेपिछ छुकिछिपि ल्याउने गर्दछन् । साथै चीनसँगका सिमानाका हुम्लामा हिउँदमा हिमपातले ६ महिना बन्द हुने गरेका छन् । ६ महिना खुल्ने थरेका छन् । नियन्त्रणमा लिएको मदिरा कोष तथा नियन्त्रण कार्यालय सिमकोटमा बुझाउने र त्यसपछि नष्ट गरिने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।