नेभिगेशन
समाज

 ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

महिलालाई आत्मनिर्भर बनाउनका लागी हुम्लाको सदरमुकाम सिमकोटमा ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन गरिएको छ । बिहिबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा यो तालिमको उद्घाटन गरिएको जानकारी प्राप्त भएको छ । महिलाको सिप विकासमा सहयोग तथा महिला आत्मनिर्भर बनाउनको लागी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका सात वटै गाउँपालिकाका महिलालाई यो तालिम दिएको कार्यालयका निमित्त कार्यालय प्रमुख हिमा शर्माले बताउनु भएको छ । यो तालिममा जिल्लाका सात वटै गाउँपािलकाबाट १० जना महिलाको सहभागिता रहने भएको छ । सिप सिकौ आत्मनिर्भर हौँ, उधम गरौँ रोजगारको सृजना गराउ भन्ने नाराका साथ यो तालिमको आजबाट सुरु गरिएको छ । तालिमका संयोजक निमा लामाले यस्ता किसिमका तालिम लिएर कोही पनि महिला उधमी बनेको देखिएको छैन । आफुले सिकेको सिपलाई बजारमा ल्याउन आवश्यक देखिएको छ र बेरोजगारी महिलाले रोजगार पाउने आशा यो तालिमले लिएको लामाको भनाई रहेको छ । सिमकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रताप लामाले रातो काम्लो भनेको पुरुषको गहाना हो । पछिल्लो पुस्ताले यस्ता खाले सिप नसिकेको र आय आर्जनसँगै पुस्तान्तरण गर्न आवश्यक देखिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वयका उपप्रमुख दलु फडेराले व्यवस्थित गर्नका लागी उद्योगको रुपममा स्थापित गर्नुपर्ने बताउनु भयो । सिप सिकेर प्रमाण पत्र मात्र प्राप्त नगरी अति उत्तम व्यवसायी बन्नु आवश्यक देखिएको बताउनु भएको छ । यसैगरी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले ६० दिने रातो काम्लो बुनाई तालिमको शुभकामना दिदै अहिलेको जमाना प्रविधिमैन्त्री भएको र पुरानो सिपलाई जोगाई राख्नुपर्ने बताउनु भयो । यस्ता व्यवसायीक आम्दानी मुलक तालिम यो कार्यालयले वषैपिच्छे सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...