नेभिगेशन
समाज

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ । दुर्गम हुम्ला जिल्लाको भिमसेन आधारभुत बिद्यालयमा अध्यापन गर्दै आएका बिद्यार्थीहरुलाई इन्फो नेपाल ट्रेक, डिएमसि कैलाशको आार्थिक सहयोग र होटेल कैलाशका प्रोप्राइटर रिन्जिन लामाको पहलमा भिमसेन आधारभुत बिद्यालयलाई झोला सहयोग गरिएको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको मानसरोवर कैलाशको दर्शन गर्न आउने मलेसियन पर्यटकले सिमकोटमा रहेको भिमसेन आधारभुत विद्यालयका विद्यार्थीहरुलाई माया गरेर झोला सहयोग गरिएको छ ।

भन्दा अरु गर्न नसके पनि झोला सहयोग गर्ने प्रतिबद्धता गरे बमोजिम झोला सहयोग गरेको लामाले बताउनु भएको छ । लामाका अनुसार झोला मलेसियाबाट नेपालमा आएको र नेपालबाट होटेल कैलाशले ढुवानि गरेर हुम्ला सम्म पुगाएको जनाइएको छ । लामाले सहयोग माग्दा बिद्यालय छनोट नगरेको भएपनि सदरमुकाम सिमकोटको भिमसेन आधारभुत बिद्यालयका साना नानि बाबू लाई वितरण गर्ने मन लागे पछि बिद्यालयलाई समन्वय गरेर झोला वितरण गरेको हो । झोला वितरण गर्नको मुख्य उदेश्य भनेको बिद्यालयमा बिद्यार्थीको संख्या बढाउने , विद्यार्थीहरुलाई आर्कषक गर्न न्युन आर्य स्रोत भएका, विपन्न, गरिबका छोरा छोरीलाई बिद्यालय जाने बाटो देखाउने हेतुले हरेक बिद्यार्थीलाई झोला वितरण गरिएको भिमसेन आधारभुत विद्यालयका प्रध्यानाध्यापक काली बहादुर शाहीले बताउनु भएको छ । उक्त बिद्यालयमा इसिडि देखि कक्षा ५ सम्म १ सय ३८ बिद्यार्थी अध्ययन अध्यापन आएका छन । आज शुक्रबार भएकाले अधिकांश विद्यार्थी विद्यालयमा नआएका कारण आधालाई मात्र वितरण गरेको र बाँकी आईतबार वितरण गर्ने प्रअ शाहीले बताउनु भएको छ ।

प्रअ शाहीका यस विद्यालयमा नयाँ भर्ना गर्ना आउने विद्यार्थीलाई पनि झोला सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।