नेभिगेशन
समाज

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ । दुर्गम हुम्ला जिल्लाको भिमसेन आधारभुत बिद्यालयमा अध्यापन गर्दै आएका बिद्यार्थीहरुलाई इन्फो नेपाल ट्रेक, डिएमसि कैलाशको आार्थिक सहयोग र होटेल कैलाशका प्रोप्राइटर रिन्जिन लामाको पहलमा भिमसेन आधारभुत बिद्यालयलाई झोला सहयोग गरिएको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको मानसरोवर कैलाशको दर्शन गर्न आउने मलेसियन पर्यटकले सिमकोटमा रहेको भिमसेन आधारभुत विद्यालयका विद्यार्थीहरुलाई माया गरेर झोला सहयोग गरिएको छ ।

भन्दा अरु गर्न नसके पनि झोला सहयोग गर्ने प्रतिबद्धता गरे बमोजिम झोला सहयोग गरेको लामाले बताउनु भएको छ । लामाका अनुसार झोला मलेसियाबाट नेपालमा आएको र नेपालबाट होटेल कैलाशले ढुवानि गरेर हुम्ला सम्म पुगाएको जनाइएको छ । लामाले सहयोग माग्दा बिद्यालय छनोट नगरेको भएपनि सदरमुकाम सिमकोटको भिमसेन आधारभुत बिद्यालयका साना नानि बाबू लाई वितरण गर्ने मन लागे पछि बिद्यालयलाई समन्वय गरेर झोला वितरण गरेको हो । झोला वितरण गर्नको मुख्य उदेश्य भनेको बिद्यालयमा बिद्यार्थीको संख्या बढाउने , विद्यार्थीहरुलाई आर्कषक गर्न न्युन आर्य स्रोत भएका, विपन्न, गरिबका छोरा छोरीलाई बिद्यालय जाने बाटो देखाउने हेतुले हरेक बिद्यार्थीलाई झोला वितरण गरिएको भिमसेन आधारभुत विद्यालयका प्रध्यानाध्यापक काली बहादुर शाहीले बताउनु भएको छ । उक्त बिद्यालयमा इसिडि देखि कक्षा ५ सम्म १ सय ३८ बिद्यार्थी अध्ययन अध्यापन आएका छन । आज शुक्रबार भएकाले अधिकांश विद्यार्थी विद्यालयमा नआएका कारण आधालाई मात्र वितरण गरेको र बाँकी आईतबार वितरण गर्ने प्रअ शाहीले बताउनु भएको छ ।

प्रअ शाहीका यस विद्यालयमा नयाँ भर्ना गर्ना आउने विद्यार्थीलाई पनि झोला सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित भवनका ६ वटा कोठाबाट ३ शाखाका...
पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार ५ सय भाडा कायम गरिएको हुम्ला...
जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको संख्या सुन्य हुने त प्रायः निरासाजनक...
भर्खरै