नेभिगेशन
समाज

सडकको दुरवस्था सधैँ यात्रुलाई सास्ती

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ स्थित कर्णाली करिडोरको खच्चा सडकखण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । हिउँदयाममा सुख्खा पहिरो र वर्षायाममा पानी पर्दा पहिरो जादा यस खच्चा सडकखण्डमा यात्रुले यात्रा गर्दा समस्या भोग्दै आउनु परेको छ । 

   कर्णाली करिडोरको व्यस्त खच्चा सडकको अहिले दुरवस्था रहेको छ । नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारीसाधन दैनिक ओहरदोहर गरिरहने व्यस्त सडक मानिन्छ । खच्चा सडकमा पहिरोको समस्याका साथै कुनै सवारी साधनका पट्टा, टायर लगायतका सामान विग्रदा पनि थप सास्ति हुने गरेको पाइन्छ । कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण हुम्लाबाट कालिकोटसम्म यात्रा गर्दा यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । 

   सडक गुस्तरीय नभएर यस खण्डमा यात्रा गर्ने यात्रुले समस्या भोग्दै आउनु परेको छ । सडक अवरुद्ध हुँदा यात्रुले कतिखेर झर्नु पर्ने त कतिबेला गाडीमा बस्नु पर्ने गरेका कारण हैरानी भोग्दै आएको गुनासो पोख्ने गरेका छन् । सुर्खेतदेखि सिमकोटसम्म गाडीमा यात्रा गर्दा निकै कष्टकरका साथ समस्या भोग्नु परेको यात्रु रमिता शाहीले गुनासो गर्नुभयो । शाहीले भन्नुभयो, गाडीमा यात्रा गर्दा विच विच ठाउँमा रहेका सडक निकै असजीला रहेको छन् । त्यस मध्येपनि हुम्लाको खच्चा सडकखण्डको पाँच सय मिटर बढी सडकमा पहिरो खसीरहने भएका हुँदा आफुले झण्डै सात घण्टाबढी सास्ती खेप्नु परेको थियो । यो समस्या खच्चामा मात्रै नभएर कालिकोट जिल्लाको खुलालुसम्म रहेको शाहीकोे भनाई थियो । कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १ सय ३२ किलोमिटर सडकमा निकै समस्या हुने गरेको छ । कतिपय सडक खण्ड क्षेत्रमा ढुङ्गा बिछ्याएर सवारीसाधन सञ्चालनमा ल्याउनु पर्ने अवस्था रहेको छ । भने यात्रुले यो क्षेत्रको सडक खण्ड अवरुद्ध हुँदा खाना बस्नको समेत समस्या भोग्दै आउनु परेको छ । 

   काठमाण्डौँ, सुर्खेत, पोखरा, नेपालगञ्ज लगायतका शहरबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्ने कर्णाली करिडोरको मुख्य सडक नै यही पर्छ । तर सडकको दुरवस्था हुँदा यात्रुले निकै समस्या भोग्दै आउने गरेका छन् । नेपालगञ्जबाट सिमकोट पुग्नु भएकी बाँचु महतले भन्नुभयो, कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण यात्रा निक्कै कठिन भयो । केही ठाउँमा सडक फराकिलो भएपनि अधिकाँस सडक एउटा बस सञ्चालनका लागि ठिक्कै भएको कारण यातायातका साधनलाई ओहोर दोहोर गर्न पनि समय लाग्नाले पनि यात्रुहरुले दुःख पाइरहनुपरेको छ । साघुँरो सडकका कारणपनि यातायातका साधन ओहरदोहर गर्न नसक्दा यात्रुले समस्या खेप्नु परिरहेको छ । 

   कालिकोटको सान्नी घाट, रास्कोट, बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यात्रायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्ने गरेको पाइन्छ । यो समस्या यात्रुहरुले हुम्ला, बाजुरा र कालिकोट जिल्लाको कच्ची सडकमा भोग्नु परेको छ । यी खण्डको सडकमा नेपाली सेनाले सडक निर्माण गरेर सडक बिभागलाई बुझाएयता त्यसैका स्तरोन्नती कार्य हुन सकेको छैन ।

 यी क्षेत्रका सडक लामो समयसम्म मर्मत सुधार हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ । कर्णाली करिडोरको सबैभन्दा बढी यात्रुले समस्या खेप्नु परेको खच्चा खण्डको  स्तरोन्नती छिटो गर्न सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय दिल बहादुर कार्कीले सरकारसँग आग्रह गरेका छन् । खच्चा सडकको स्तरोन्नती हुन नसकेपछि नियमीत खसिरहने पहिरोका कारण थप समस्या आउन सक्ने स्थानीय कार्कीको भनाई छ । 

487925348_1382697399710103_906356019169840032_n-1744092727.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।