नेभिगेशन
समाज

निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ३५ जना लाभान्वित

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा वैशाख दुई गतेदेखि चार गतेसम्म सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा ३२ जना विरामीको थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । 


   नि:शुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, जनरल, डेन्टल लगायतका २३ जना महिला र ९ जना पुरुष गरी ३२ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको चंखेली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरविर शाहीले बताउनुभयो । यसैगरी एक सय ६९ जना साठी वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको उपचार गरिएको संयोजक शाहीले बताउनुभयो । नौ सय पचास महिला र तीन सय ८५ जना पुरुष गरी एक हजार तीन सय ३५ जना सेवाग्राही उक्त नि:शुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताइएको छ । 
   शिविरमा जनरल ओपिडी, स्त्री तथा प्रसुती, जनरल, डेन्टल, गर्भवती महिनाको गर्भ जाँच,टिभि, महिलाको आङ्ग बस्ने, परिवार नियोजन, ल्याव प्रयोग शाला लगायतका विभिन्न रोगको विशेषज्ञ डाक्टरबाट उपचार गरिएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । सुन्दर ढोका नेपालको आर्थिक तथा प्राविधिक सहयोगका र चंखेली गाउँपालिकाको आयोजनामा पालिका केन्द्र पिप्लाङ्ग वर्थिङ्ग सेन्टरमा उक्त सेवा प्रदान गरिएको अध्यक्ष शाहीले बताउनुभयो । 
    नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा कार्यालय हुम्लाका एमडिजिपि डाक्टर हिमविक्रम शाही, डाक्टर ग्रेग, जोए, अस्पेन, जुड्डी, सन्तोष, नर्श जुड्डी, लगायतका चिकित्सकहरुले सेवा प्रदान गरेको बताइएको छ । यस निशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक, विपन्न, महिला र दलितलाई गाउँपालिकालाई सहयोग पुगेको छ । 
   स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी सुन्दर ढोका नेपाल संस्थाको सहयोगमा शिविर सञ्चालन भएको हो । स्वास्थ्य सेवाका लागि विभिन्न टाढा टाढा वडामा रहेका स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेर सेवा लिएका थिए । 

4-768x432-1744992097.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै