नेभिगेशन
समाज

हुम्लामा आजबाट भिटामिन ए र जुकाको औषधि दश हजार बालबालिकामा खुवाउन सुरु

सिमकोट । नेपाल सरकारको भिटामिन ए र जुका औषधि खुवाउने कार्यक्रम अन्तर्गत हुम्लाका सातवटै स्थानीय तहमा आज आइतबारदेखि सुरु भएको छ । आज र भोली दुई दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरिएको जानकारी प्राप्त भएको छ । 
हुम्लामा रहेका करिब दश हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । जिल्लामा रहेका पाँच हजार नौ सय आठ बालबालिकालाई भिटामिन ए खुवाइने भएको छ । भने चार हजार पाँच सय १२ बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । जिल्लाका करिब दश हजार चार सय बिस जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आजबाट सुरु भएको छ । 
हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ, अदानचुली, चंखेली, सर्केगाड र ताँजकोट सातवटै स्थानीय तहमा आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । 
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन