नेभिगेशन
समाज

हुम्लाका शिक्षकद्धारा देउडामार्फत आन्दोलन

  सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा केन्द्रित शिक्षकहरुले शनिबार १८ दिनमा पनि आफ्नो आन्दोलनलाई यथावत राखेका छन् । शनिबार भएको १८ औँ दिनको आन्दोलनमा जिल्लाका शिक्षकहरुले सिमकोट बजार क्षेत्रमा देउडा मार्फत आफ्नो मागलाई निरन्तर दिदैँ आएका छन् । 


सिमकोट बजारको कालिन्चोकमा देउडा खेलमार्फत सिमकोट केन्द्रित शिक्षकले आन्दोलनलाई जारी राखेका हुन् । आन्दोलनमा देउडा खेल्दै गरेका महिला शिक्षकहरुले आन्दोलनकारी पक्ष र पुरुष शिक्षकहरुले सरकार पक्ष प्ले कार्ड लेखेका व्यानर सहित सहभागी भएका थिए । सधैँ सिमकोट बजार परिक्रमा गरेर जिल्ला शिक्षा विकास तथा समनवय इकाईको कार्यालयमा केन्द्रित हुने यहाँका शिक्षकहरुले आफ्नो आन्दोलनलाई थप अगाडी बढाउँदै आन्दोलनका रुप परिवर्तन गरेका छन् ।

ylETU5bT-1745078457.jpg

हुम्लामा फागुन दुई गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन भइरहेको समयमा शिक्षकहरु आन्दोलनमा उत्रिदा विद्यार्थीको पढाइमा बाधा पुगेको छ । देशभर वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन हुनेभएपनि हुम्लामा फागुनमा भएर पठनपाठन भइरहेको थियो । हिउँदयाममा जाडो विदा हुने र फागुन महिनाबाट पठनपाठन हुने भएका कारण विद्यार्थीहरुले अठार दिनदेखि पढ्न नपाएको गुनासो पोखेका छन् । 


१८ दिनदेखि शिक्षा ऐनको माग गर्दै आएका शिक्षकहरु प्रति आफ्नो पूर्ण समर्थन रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले बताउनुभयो । शिक्षकहरुले जायज माग राखेको र सरकारले शिक्षकहरुका मागलाई संसदबाट चाडो सम्बोधन गर्नु पर्ने अध्यक्ष रोकायाले बताउनुभयो । हुम्लामा शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन थप प्रभावित हुनुका साथै बाधा पुगेको अध्यक्ष रोकायाले बताउ भयो ।

N88Y5r97-1745078447.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन