नेभिगेशन
समाज

हुम्लाका शिक्षकद्धारा देउडामार्फत आन्दोलन

  सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा केन्द्रित शिक्षकहरुले शनिबार १८ दिनमा पनि आफ्नो आन्दोलनलाई यथावत राखेका छन् । शनिबार भएको १८ औँ दिनको आन्दोलनमा जिल्लाका शिक्षकहरुले सिमकोट बजार क्षेत्रमा देउडा मार्फत आफ्नो मागलाई निरन्तर दिदैँ आएका छन् । 


सिमकोट बजारको कालिन्चोकमा देउडा खेलमार्फत सिमकोट केन्द्रित शिक्षकले आन्दोलनलाई जारी राखेका हुन् । आन्दोलनमा देउडा खेल्दै गरेका महिला शिक्षकहरुले आन्दोलनकारी पक्ष र पुरुष शिक्षकहरुले सरकार पक्ष प्ले कार्ड लेखेका व्यानर सहित सहभागी भएका थिए । सधैँ सिमकोट बजार परिक्रमा गरेर जिल्ला शिक्षा विकास तथा समनवय इकाईको कार्यालयमा केन्द्रित हुने यहाँका शिक्षकहरुले आफ्नो आन्दोलनलाई थप अगाडी बढाउँदै आन्दोलनका रुप परिवर्तन गरेका छन् ।

ylETU5bT-1745078457.jpg

हुम्लामा फागुन दुई गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन भइरहेको समयमा शिक्षकहरु आन्दोलनमा उत्रिदा विद्यार्थीको पढाइमा बाधा पुगेको छ । देशभर वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन हुनेभएपनि हुम्लामा फागुनमा भएर पठनपाठन भइरहेको थियो । हिउँदयाममा जाडो विदा हुने र फागुन महिनाबाट पठनपाठन हुने भएका कारण विद्यार्थीहरुले अठार दिनदेखि पढ्न नपाएको गुनासो पोखेका छन् । 


१८ दिनदेखि शिक्षा ऐनको माग गर्दै आएका शिक्षकहरु प्रति आफ्नो पूर्ण समर्थन रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले बताउनुभयो । शिक्षकहरुले जायज माग राखेको र सरकारले शिक्षकहरुका मागलाई संसदबाट चाडो सम्बोधन गर्नु पर्ने अध्यक्ष रोकायाले बताउनुभयो । हुम्लामा शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन थप प्रभावित हुनुका साथै बाधा पुगेको अध्यक्ष रोकायाले बताउ भयो ।

N88Y5r97-1745078447.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै