नेभिगेशन
समाज

हुम्ला चंखेली गाउँपालिकाकी १८ वर्षिय गर्भवती धनशिलाको हेलिकोप्टरबाट उद्धार

 सिमकोट ।  हुम्लाको सदरमुकाम सिमकोटबाट एक जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिका– ६ चरीगाउँ गाउँकी १८ वर्षिय धनशिला बुढाको जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 
गाउँपालिका केन्द्रको पिप्लाङ स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याएपनि यहाँपनि उपचार हुन नसकेपछि थप उपचारका लागि मङ्गबार उद्धार जिल्ला बाहिर पठाइएको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोरा बताउनुभयो । 
पिप्लाङ स्वास्थ्यचौकीमा हप्ता दिनसम्म उपचार गर्दा उपचार हुन नसकेपछि जेठ ४ गते जिल्ला अस्पताल हुम्लामा ल्याइएको थियो । गर्भवती बुढाको शरिरभरी फोका उठ्नुका साथै ज्वरो अचानक बढेपछि यहाँ उपचार नहुनेपछि जिल्ला बाहिर रेफर गरिएको बुढाको श्रीमान हर्कधन सिराले बताउनु भयो  । गर्भवती बुढाको दुई महिना बाँकी सुत्केरी हुने समय अझै बाँकी रहेको छ । गर्भवती बुढालाई सुत्केरीको कुनै लक्षण नदेखिएपनि शरिरका विभिन्न भागमा समस्या आउने गरेको भएपछि रेफर गरिएको हो । बुढाले आफ्नो हात, खुट्टा झिमझिमाउनुका साथै शरिरका अन्य भागमा समेत दुख्ने गरेको भनेपछि उद्धार गरिएको हो । 
अस्तापलमा पनि सबै सुविधा, उपकरण, लगायत नहुँदा जिल्ला बाहिर रिफर गरिएको हो । शरिरमा रगतको मात्र कम हुनु , आमा र शिशु दुवैमा जटिल समस्या देखापरेपछि प्रदेश अस्पताल रिफर गरेको सिनियर अनमी बोहोराले बताउनुभयो । आमाको ब्रेनमा इन्फेक्सन र गर्भमा रहेको शिुशुको मुटुको धड्कन कम चलेको र जिल्ला अस्पताल हुम्लामा औषधि समेत नभएका कारण प्रदेश राजधानीको प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी बोहोराले बताउनुभयो । 
बुढालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्र्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रममामार्फत उद्धार गरिएको हो । 
। गर्भवती र सुत्केरी व्यथा लागेका हुम्लाका महिलाको राष्ट्रिपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको छ । हुम्लामा सुविधा सम्पन्न अस्पताल नहुनु, समयमै औषधि उपकरण, सम्बन्धित विराम सम्बन्धि विशेषज्ञ डाक्टर नहुँदा पनि सामान्य विरामका लागि जिल्ला बाहिर रेफर गर्दै आउनु परेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।