नेभिगेशन
समाज

३४० जनाको आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

सिमकोट । जेठको १६ र १७ गते दुुई दिनसम्म सञ्चालन  हुने भनिएको आँखा शिविर बिरामिको माग अनुसार एक दिन थप गरेर १८ गते शिविर सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका हुम्लाको समन्वय र काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको आर्थिक प्रविधिक र सेवा फाउन्डेसनको सहयोगमा उक्त शिविर  सम्पन्न भएको हो  ।  
सर्केगाड गाँउपालिका वडा नम्बर चार सायाँ स्वास्थ्य चौकीका प्रमुख बबर जङ्ग पालका अनुसार आँखा शिविरमा एक जनाको आँखामा मासु पलायका कारण साधारण आँखको शल्यक्रिया भएको र त्यसमा ४४ जनाको मोतिबिन्दु  र अन्य ३४० जनाको सामान्य आँखाको निःशुल्क चेक, जाँच समेत भएको स्वास्थ्य चौकीका प्रमुख पाल बताउनु भयो ।  
उक्त शिविरमा खार्पुनाथ र चंखेली गाँउपालिकाका बिरामि समेत लाभान्वित भएका छन् । शिविरमा उपचार गर्ने बालबालिकादेखि युवायुवती र वृद्धावृद्धीसम्म सहभागी हुनुुभएको थियो ।
काठमाडौंको तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कौशल पोखरेलको टोलीले शिविरमा ३४० जनाको आँखा चेक, जाँच तथा औषधि र चश्मासमेत निशुल्क वितरण गरेको सायाँ स्वास्थ्य चौकीका प्रमुख पालले जानकारी दिनु भएको हो ।
बिरामिहरुले शिविर  आफ्नै घर आगनमा सञ्चालन भएर सेवा पाउदा खुःशि हुदै सेवा फाउन्डेसन बाट कोडिनेटर डा. विनिता शर्मा, तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कौशल पोखरेल सहित अन्य डाक्टर र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने हातहरु लाई समेत धन्यवाद दिएको थियो ।

502945225_4093530187636727_3987522003132407033_n-1748803127.jpg

502972090_4093531037636642_718430883628342212_n-1748803129.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।