नेभिगेशन
समाज

३४० जनाको आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

सिमकोट । जेठको १६ र १७ गते दुुई दिनसम्म सञ्चालन  हुने भनिएको आँखा शिविर बिरामिको माग अनुसार एक दिन थप गरेर १८ गते शिविर सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका हुम्लाको समन्वय र काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको आर्थिक प्रविधिक र सेवा फाउन्डेसनको सहयोगमा उक्त शिविर  सम्पन्न भएको हो  ।  
सर्केगाड गाँउपालिका वडा नम्बर चार सायाँ स्वास्थ्य चौकीका प्रमुख बबर जङ्ग पालका अनुसार आँखा शिविरमा एक जनाको आँखामा मासु पलायका कारण साधारण आँखको शल्यक्रिया भएको र त्यसमा ४४ जनाको मोतिबिन्दु  र अन्य ३४० जनाको सामान्य आँखाको निःशुल्क चेक, जाँच समेत भएको स्वास्थ्य चौकीका प्रमुख पाल बताउनु भयो ।  
उक्त शिविरमा खार्पुनाथ र चंखेली गाँउपालिकाका बिरामि समेत लाभान्वित भएका छन् । शिविरमा उपचार गर्ने बालबालिकादेखि युवायुवती र वृद्धावृद्धीसम्म सहभागी हुनुुभएको थियो ।
काठमाडौंको तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कौशल पोखरेलको टोलीले शिविरमा ३४० जनाको आँखा चेक, जाँच तथा औषधि र चश्मासमेत निशुल्क वितरण गरेको सायाँ स्वास्थ्य चौकीका प्रमुख पालले जानकारी दिनु भएको हो ।
बिरामिहरुले शिविर  आफ्नै घर आगनमा सञ्चालन भएर सेवा पाउदा खुःशि हुदै सेवा फाउन्डेसन बाट कोडिनेटर डा. विनिता शर्मा, तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कौशल पोखरेल सहित अन्य डाक्टर र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने हातहरु लाई समेत धन्यवाद दिएको थियो ।

502945225_4093530187636727_3987522003132407033_n-1748803127.jpg

502972090_4093531037636642_718430883628342212_n-1748803129.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन