नेभिगेशन
समाज

   खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित

   जेठ २६ गते
सिमकोट । 
 हुम्लाको खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविश्य भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 
खार्पुनाथका पाँचवटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु सबैले खोप लगाउनुका साथै कोही पनि खोप लागनउबाट नछुटेकाले एक औपचारिक कार्यक्रमको ओजना गरि गाउँपालिकालाई घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख हरिभक्त शाहीले बताउनुभयो । 
गाउँपालिका भरी शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका पाँच वटै वडाका बालबालिकाहरुले खोप पाएका कारण घोषणा गरिएको हो ।  
आगामी दिनमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सुन्न नपरोस, पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रमले निरन्तरता पाओस भन्ने आग्रह पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रममा उपस्थित अधिकांस अथितीहरुको भनाई रहेको थियो । 
यस अघिका आमाहरु असिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भएपनि पछिल्लो समयका आमाहरुले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहज भएको बताइएको छ । 
सुनिश्चित कार्यक्रममा पाँच वडा, पालिकाभित्र रहेका प्रत्येक स्वास्थ्य संस्था, स्थानीय सामुदायिक रेडियो, पत्रकार महासंघ लगायतलाई खोप कार्यक्रममा आफ्नो भूमिका निर्वाह गरेको भन्दै प्रसंशा पत्र समेत प्रदान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।