नेभिगेशन
समाज

   खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित

   जेठ २६ गते
सिमकोट । 
 हुम्लाको खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविश्य भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 
खार्पुनाथका पाँचवटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु सबैले खोप लगाउनुका साथै कोही पनि खोप लागनउबाट नछुटेकाले एक औपचारिक कार्यक्रमको ओजना गरि गाउँपालिकालाई घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख हरिभक्त शाहीले बताउनुभयो । 
गाउँपालिका भरी शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका पाँच वटै वडाका बालबालिकाहरुले खोप पाएका कारण घोषणा गरिएको हो ।  
आगामी दिनमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सुन्न नपरोस, पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रमले निरन्तरता पाओस भन्ने आग्रह पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रममा उपस्थित अधिकांस अथितीहरुको भनाई रहेको थियो । 
यस अघिका आमाहरु असिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भएपनि पछिल्लो समयका आमाहरुले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहज भएको बताइएको छ । 
सुनिश्चित कार्यक्रममा पाँच वडा, पालिकाभित्र रहेका प्रत्येक स्वास्थ्य संस्था, स्थानीय सामुदायिक रेडियो, पत्रकार महासंघ लगायतलाई खोप कार्यक्रममा आफ्नो भूमिका निर्वाह गरेको भन्दै प्रसंशा पत्र समेत प्रदान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन